संगालोखबर सम्वाददाता

बिराटनगर । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले दुई जना र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Advertisement

रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली बसपार्कबाट सुनवर्सी नगरपालिका–९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेटसहित पक्राउ गरेको हो ।

त्यस्तै ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी–९ बाट भारतीय नागरिक ओम प्रकाश यादवलाई ट्रामाडोल हाईड्रोक्लोराईड ८ हजार क्याप्सुल, नाईट्राभेट–१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १०० मिलि लिटरको ट्लानोकोफ ३० वोतलसहित पक्राउ गरेको हो ।

त्यस्तैगरी ईटहरी–१३ खनारबाट मोरङको जहदा गाउँपालिका–४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई ट्रामाडोल ३६० क्याप्सुल र ईस्पास्पेन १८८ ट्यावलेटसहित प्रहरीले पक्राउ गरेका छ ।

त्यस्तै ईटहरी–८ का १९ बर्षीय सनम बस्नेत ईटहरी–६ बाट लागुऔषध ट्रामाडोल हाईड्रोक्लोराईड ४ हजार ५०० क्याप्सुलसहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!