संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापामा ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ रंगेडाँडाका ३५ वर्षीय विशाल बिर्जा छन् ।

बुधबार राती अर्जुनधारा गाउँपालिका–११ की बृद्धाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । बिर्जाले बिहीबार बिहान सेनाको ब्यारेक अगाडि राजमार्गमा रहेको कल्भर्टमा महिलाको शव भेटिएको भन्दै चारआली प्रहरी चौकीमा खबर गरेका थिए ।

Advertisement

त्यसपछि बिर्जामाथि नै शंका लागेर नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफूले नै बलात्कारपछि मुख थुनेर बृद्धाको हत्या गरेको भनी स्वीकारेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रहरीका अनुसार बिर्जा सडकमा मागेर गुजारा चलाउँदै आएका थिए । बृद्धा आइतबारदेखि बेपत्ता थिइन् । उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!