संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेसले धनकुटामा पनि सरकारबिरुद्ध प्रदर्शन गरेको छ । सरकारबिरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएको काँग्रेसले धनकुटा सदरमुकाममा पनि प्रदर्शनसहित कोणसभा गरेको हो ।

Advertisement

सयौंको संख्यामा भेला भएका काँग्रेस नेता, कार्यकर्ताले जुलुशसहित धनकुटा बजारको परिक्रमा गरेका छन् । तानासाही ओली सरकार मुर्दावाद, हत्या हिंसा बलात्कार नेकपाको उपहार, भ्रष्ट सरकार होसियार जस्ता नारा लगाउँदै उनीहरुले बजार परिक्रमा गरेका छन् । प्रदर्शनका क्रममा काँग्रेस नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत मागेका छन् ।

बजार परिक्रमापछि धनकुटा बसपार्कमा कोणसभा गरिएको छ । सभालाई काँग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, सांसद लिला सुब्बा लगायतले संबोधन गरेका छन् । सभालाई संबोधन गर्दै नेताहरुले सरकार तानासाही हिसावले अघि बढेको भन्दै चर्को बिरोध जनाएका छन् ।

यो पनि हेर्नुहोस्…

प्रधानमन्त्रीले संबिधान असफल पार्न खोज्दैछन्: थापा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!