राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव घोषणा

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव घोषणा

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय ...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाएजेल्याव–९ एम्पुल, एभिल–६ एम्पुल र लुपिगेसिक–१० एम्पुल बरामद गरेको छ । पक्राउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

मोरङ । बिराटनगर महानगरपालिका–१४ झट्याईस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । आज विहान करिव १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको राजेश तत्माको घरमा आगलागी हुँदा तत्माका १४ बर्षीय छोरा रविनको मृत्यु भएको हो । घरमा आगलागी हुँदा जलेर तत्माकी श्रीमती ३२ बर्षीया ईन्दु देवी र ७ बर्षीय छोरा किशन कुमार घाईते भएका छन् । घाईते दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहे...
नेकपाले पाएको जनमतको बैधता ओलीको लहडले सिध्यायो: गगन थापा

नेकपाले पाएको जनमतको बैधता ओलीको लहडले सिध्यायो: गगन थापा

बिराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेकपाले पाएको जनमतको बैधता सकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले लहडमा संसद विघटनको निर्णय लिएको भन्दै उनले यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद...
मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न सिफारिस गरेको छ । आईतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः४५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । केही समय अघि मात्र डाकिएको बैठक १० बजे सुरु भएको थियो । बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरे...
उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुर । उदयपुरमा बालबिबाह गरेको आरोपमा दुई जोडी बेहुला–बेहुलीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोईरालाका २३ बर्षीय छोरा अश्विन र ताप्ली गाउँपालिका–५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राधा खड्काको घरमा उनीहरुको विवाह भएको थियो । बाल बिबाह भएको जानकारी आएपछि प्रहरीले बेहुला–ब...
नौ महिनापछि लाइसेन्स खुलाइदै

नौ महिनापछि लाइसेन्स खुलाइदै

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया सुरु हुँने भएको छ । नौ महिना अघिदेखि बन्द रहेको लाइसेन्सको परीक्षा प्रक्रिया अब स्वास्थ्य सावधानी अपनाउँदै सुरु गर्ने तयारी गरिएको हो । कोरोनाका कारण गत ११ चैतदेखि सरकारले लकडाउन गरेपछि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । गत असारदेखि कार्यालय खोलेर सवारी दर्ता र नवीकरण लगायत सेवा ...
सुमी र विजुलाई डान्सिङ वीथ द स्टार्सको उपाधि

सुमी र विजुलाई डान्सिङ वीथ द स्टार्सको उपाधि

काठमाडौं । डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोको उपाधि मोक्तान र पार्कीको जोडीले जितेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख नगद पुरस्कार पाएका छन् । डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र विजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका)...
धनकुटामा हराएका र चोरी भएका ९ वटा मोवाईल खोजेर प्रहरीले गर्दियो फिर्ता

धनकुटामा हराएका र चोरी भएका ९ वटा मोवाईल खोजेर प्रहरीले गर्दियो फिर्ता

धनकुटा । बिभिन्न स्थानबाट हराएका र चोरी भएका ९ वटा मोवाईल फेला परेर जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई फिर्ता दिएको छ । सम्बन्धित मोवाईल धनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर मोवाईल फिर्ता दिईएको हो । मोवाईल फिर्ता पाउँनेमा धनकुटा–७ का फुलमाया शेर्पा, प्रितिका राई, गणेश श्रेष्ठ, प्रदिप राई, धनकुटा–८ का डिकराम राई, पाख्रीबास–५ का बिमनसिंह तामाङ, पाख्रीबास–८ का प्रकाश तामाङ, धनकुटाका स...
प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, ६७० डिस्चार्ज

प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, ६७० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २ र संखुवासभामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२, सुन्दरहरैंचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद...
इलामका छ हजारभन्दा बढी सुकु्म्बासीलाई लालपुर्जा दिईने

इलामका छ हजारभन्दा बढी सुकु्म्बासीलाई लालपुर्जा दिईने

इलाम । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५ सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देव...
बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने

बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने

काठमाडौं। बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने भएको छ। भूमि व्यवस्थापनको नयाँ अभ्यासअनुरूप यो अवधारणा मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो। देशभरका स्थानीय तहभित्र बाँझो र खाली जग्गा नराख्ने उद्देश्यसाथ भूमि बैंकको व्यवस्था गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। चालु वर्षको बजेटमा भूमि बैंक स्थापना र सञ्चालनको व्यवस्था गरिएको थियो...
प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

काठमाडौं । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा गम्भीरतापूर्वक चासो नदिँदा कार्यान्वयनमा आउन नसकेको व्यवसायीले बताएका छन् । साथै यस सम्बन्धमा सरकारका अन्य सरोकारवाला निकाय पनि संवेदनशील बन्न सकेका छैनन् । कोरोना प्रभावित उद्योगी व्यवसा...
धनकुटासहित १८ जिल्लाका सीडीओ फेरिए

धनकुटासहित १८ जिल्लाका सीडीओ फेरिए

धनकुटा । गृह मन्त्रालयले धनकुटासहित १८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय शुक्रबारको निर्णय अनुसार सीडीओहरुको सरुवा गरिएको हो । धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, भोजपुर, रामेछाप, महोत्तरी, गुल्मी, डोल्पा, मुगु लगायत जिल्लाका सीडीओको सरुवा भएको छ । धनकुटाका सीडीओ केशव प्रसाद विमली सरुवा भएर महोत्तरी जाँने भएका छन् । यता, गृह मन्त्रालय सिंहदरवारमा कार्यरत सह...
प्रदेश १ का १८ स्थानीय तहमा युवा लक्षित स्किम बैंक कार्यक्रम सञ्चालन गरिने

प्रदेश १ का १८ स्थानीय तहमा युवा लक्षित स्किम बैंक कार्यक्रम सञ्चालन गरिने

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी स्वरोजगार तथा रोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र ...
प्रदेश १ मा थपिए ३६ कोरोना संक्रमित, १४३ डिस्चार्ज

प्रदेश १ मा थपिए ३६ कोरोना संक्रमित, १४३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २/२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १/१, झापाको विर्त...
काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसाे

काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसाे

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगे...
सिरहामा अत्याधिक चिसोका कारण चार जनाको मृत्यु

सिरहामा अत्याधिक चिसोका कारण चार जनाको मृत्यु

लहान । केही दिनयता बढेको अत्याधिक चिसोका कारण सिरहामा एक साताको अवधिमा चार जनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ ग्दहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत मङ्सिर २२ देखि २८ गतेसम्मको अवधिमा च...
भोजपुरमा थालियो तितेपाती खेती

भोजपुरमा थालियो तितेपाती खेती

भोजपुर । भोजपुरमा भुवादार जापानी तितेपातीको व्यवसायीक खेती थालिएको छ । प्रयोगविहिन जमिनलाई सदुपयोग गर्दै थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवाले जिल्लामै पहिलो पटक तितेपातीको व्यवसायीक खेती थालेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग राम्रो भएकाले तितेपाती खेती थालिएको युवाहरु बताउँछन् । उनीहरुले संखुवासभाबाट विरुवा ...
धनकुटाका ९२ वर्षीय ‘लेखनदास अजा’ सम्मानित

धनकुटाका ९२ वर्षीय ‘लेखनदास अजा’ सम्मानित

धनकुटा । धनकुटा नगरपालिका–६ सिरान वजारका ९२ वर्षीय पूर्व लेखापढी व्यवसायी चन्द्रभगत श्रेष्ठ सम्मानित भएका छन् । लेखनदास अजा भनेर चिनिने श्रेष्ठलाई नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएसन धनकुटाले विहिवार सम्मान गरेको हो । मालपोत कार्यालयका प्रमुख यादव प्रसाद आचार्यले उनलाई दोसल्ला, माला, खदा र सम्मान पत्र प्रदान गरेर सम्मानित गरे । कार्यक्रममा नापी कार्यालयका प्रमुख मिथिलेस यादव, उच्च अदालत वार ...
प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, २२३ डिस्चार्ज

प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, २२३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा विहिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १९, झापामा १५, सुनसरीमा ११ र संखुवासभामा १ जना संक्रमित थपिएका हुन् । मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनका...
बिराटनगरबाट खैरो हेरोईनसहित तीन जना पक्राउ

बिराटनगरबाट खैरो हेरोईनसहित तीन जना पक्राउ

बिराटनगर । मोरङको विराटनगरका दुई भिन्न स्थानबाट खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन् । बुधबार साँझ बिराटनगर–१६ स्थित दरैयाबाट प्रहरीले भारतको बिहार अररिया जोगबनी–९ का ३२ बर्षीय सुरजेश कुमार राय र १३ बर्षीय मोहम्मद आशिक मियालाई पक्राउ गरेको हो । बिशेष सुराकीका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोईन...
बालिका अपहरण गरी बन्धक बनाएर बलात्कार गर्नेलाई १९ वर्ष कैद

बालिका अपहरण गरी बन्धक बनाएर बलात्कार गर्नेलाई १९ वर्ष कैद

सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको ...
धनकुटाको महालक्ष्मीका ८७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान

धनकुटाको महालक्ष्मीका ८७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । जापान नेपाल मैत्री परिषद्ले धनकुटाको महालक्ष्मी नगरपालिकाका चार विद्यालयका ८७ जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान गरेको छ। महालक्ष्मी–९ स्थित राम माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय, मुर्तीमहेश्वर माध्यमिक विद्यालय र महालक्ष्मी–८ स्थित रामवेनी आधारभूत विद्यालयका छात्र–छात्रालाई सामाग्री प्रदान गरिएको हो । राम माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा ब...
प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित, ११२ डिस्चार्ज

प्रदेश १ मा थपिए ५० कोरोना संक्रमित, ११२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैंचा र बेलबारीमा २/२ र बुढीगंगामा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहा नरसिंहमा २/२, कोशी र दुहवीमा १/१, झापाको दम...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा राखेर बेच्ने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले एक केजी गाँजासहित उनलाई पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका उनको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जना पक्राउ

बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जना पक्राउ

सांकेतिक तस्वीर बिराटनगर । बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल चलाउँदै आएका मनिष यादवलाई ग्याँसको कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यादवले एउटा सिलिण्डरमा रहेको ग्याँस अर्को सिलिण्डरमा सारेर ग्याँसको तौल कम गरी बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोर...
तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु

तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गएराती करिव ८ बजे अर्थुङगे भीरबाट लड्दा आठराई गाउँपालिकामा–५ होडाका ५० बर्षीय बिजय कुमार राईको मृत्यु भएको हो । स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागि डोर्याएर ल्याउने क्रममा उनी अर्थुङगे भीरबाट खसेका थिए ।  करिव १०० मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमल...
पूर्वी क्षेत्रमा दूध नबिक्दा समस्यामा किसान, एक करोड बढी नोक्सान

पूर्वी क्षेत्रमा दूध नबिक्दा समस्यामा किसान, एक करोड बढी नोक्सान

इलाम । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक साता यता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिक रूपमा गाईपालनमा लागेका किसान...
प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित, ७८ जना डिस्चार्ज

प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित, ७८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २/२, रामधुनी र दुहवीमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै मोरङको विराटनगरमा १५, सुन्दरहरैंचामा ४, बुढीगंगामा २, मिक्लाजुङ,...
विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सिलान्यास

विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सिलान्यास

विराटनगर । प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न हुने गरि आज मुख्यमन्त्री शेरधन राईले प्रयोगशालाको शिलान्यास गरेका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री राईले बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुनेसमेत बताए...
error: Content is protected !!