बिप्लव समुहले लियो शिक्षक हत्याको जिम्मा, प्रतिकारमा मारिएको दावी

बिप्लव समुहले लियो शिक्षक हत्याको जिम्मा, प्रतिकारमा मारिएको दावी

मोरङ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा लिएको छ । सो पार्टीका मेची–कोशी व्यूरो इन्चार्ज प्रतापले मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रतिकारमा शिक्षक श्रेष्ठ मारिएको दावी गरेका छन् । शिक्षक श्रेष्ठले पटक–पटक पार्टी बिरुद्ध सुराकी गरेको वक्तव्यमा आरोप लगाईएको छ । पटक–पटक सुराकी नगर्न भन्दा पनि नमाने...
धनकुटामा बर्षाले १०५ घर पूर्ण क्षति भएको ठहर, घर बनाउँन राहत सिफारिस गरिने

धनकुटामा बर्षाले १०५ घर पूर्ण क्षति भएको ठहर, घर बनाउँन राहत सिफारिस गरिने

धनकुटा । जिल्ला विपत व्यवस्थापन समितिले धनकुटामा बर्षाका कारण १०५ घर पूर्ण क्षति भएको ठहर गरेको छ । बिगत केही महिना यताको बर्षा तथा बर्षाका कारण आएको बाढी पहिरोले घर पूर्ण क्षति भएकाहरुलाई राहत सिफारिस गर्न क्षतिको विवरण यकिन गरिएको हो । जिल्ला विपत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँ–गाउँबाट आएका क्षतिको विवरण मूल्यांकन गरी ६४ घर पूर्ण क्षति भएको ठहर गर्दै उनीहरुलाई घर निर्माणका लागि ...
प्रदेश १ मा थपिए १५६ कोरोना संक्रमित, ९७ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १५६ कोरोना संक्रमित, ९७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मंगलबार १५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३/३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको...
बढ्यो सगरमाथाको उचाई

बढ्यो सगरमाथाको उचाई

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको छ । मंगलबार राजधानीमा कार्यक्रम गरी नेपाल र चीनले सामुहिक रुपमा सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । नयाँ मापन अनुसार सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम भएको छ । यसअघि सगरमाथाको उचाई ८८४८ मिटर थियो । नयाँ मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको हो ।
उदयपुरमा बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

उदयपुरमा बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

उदयपुर । उदयपुरमा बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–९ का ६३ वर्षीय सूर्य पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । पोख्रेलले स्थानीय सिटी हलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनाको जानकारीपछि प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जना...
एकैदिन १५ सय बढ्यो सुनको भाउ

एकैदिन १५ सय बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । एकैदिन प्रतितोला १ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ पनि मंगलबार बृद्धि भएको छ । सोमबार तोलामा १ हजार २ सय ५...
मोरङको मिक्लाजुङमा अपहरणपछि गोली हानेर शिक्षकको हत्या

मोरङको मिक्लाजुङमा अपहरणपछि गोली हानेर शिक्षकको हत्या

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज बिहान एक शिक्षकको गोली हानेर हत्या भएको छ । अज्ञात समुहले मिक्लाजुङ–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरणपछि गोली हानेर हत्या गरेको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । बिहान करिब ६ बजे चार/पाँच जनाको संख्यामा आएका व्यक्तिले शिक्षक श्रेष्ठलाई घरबाट उठाएर लगेका थिए । उनीहरुले घर भन्दा करिब ३० मिनेट टाढा बर्खे...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

बिराटनगर । आज प्रदेश नं १ का पहाडी भू–भागका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले प्रदेश नं १...
धनकुटाको नामजाङमा पहिलो पटक बस पुग्दा खुशीयाली, चालकलाई गरियो सम्मान

धनकुटाको नामजाङमा पहिलो पटक बस पुग्दा खुशीयाली, चालकलाई गरियो सम्मान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगास्थित नामजाङ टोलमा पहिलो पटक बस पुग्दा चालकलाई सम्मान गरिएको छ । गाउँमा पहिलो पटक बस पुर्याउँने को.१ ख.४५३१ नम्बरको बसका चालक नगेन्द्र बिकलाई सम्मान गरिएको हो । गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयबासीले अबिर र फुलमाला लगाएर चालकसहित बसका कर्मचारीलाई आईतबार सम्मान गरेका हुन् । गाउँमा पहिलो पटक बस आईपुगेकाले खुशीयालीमा चालकलाई सम्मान गरिएको स्था...
प्रहरीमा जागिर खान नक्कली परीक्षार्थी प्रयोग, एक जना पक्राउ

प्रहरीमा जागिर खान नक्कली परीक्षार्थी प्रयोग, एक जना पक्राउ

मोरङ । बिराटनगरमा प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम छन् । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यमिक बिद्यालयमा तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिईरहेको अवस्थामा सोमबार दिउँसो आलम पक्राउ परेका हुन् । लोकसेवा आयोगको कार्यालय धनकुटाले लिएको लिखित परीक्षामा उ...
प्रदेश १ मा थपिए ७२ कोरोना संक्रमित, ९६ डिस्चार्ज

प्रदेश १ मा थपिए ७२ कोरोना संक्रमित, ९६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३/३ र पाँचथरमा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरेमा २/२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोड...
एटीएम फुटाउँदै गर्दा युवक पक्राउ

एटीएम फुटाउँदै गर्दा युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङ छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गएराती तामाङलाई पक्राउ गरेको हो । एटिएमबाट पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा ताम...
झापा-सप्तरी हुलाकी राजमार्ग २ बर्षभित्रमा सञ्चालन हुँने

झापा-सप्तरी हुलाकी राजमार्ग २ बर्षभित्रमा सञ्चालन हुँने

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको कामबारे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेलाई मन्त्रालयमा बोलाएर आयोजनाको बारेमा जानकारी लिएका छन् । चालु आर्थिक बर्षमा...
पाँचथरमा तीन बर्षीय बालक ओढारमा मृत भेटिए

पाँचथरमा तीन बर्षीय बालक ओढारमा मृत भेटिए

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा बालक मृत फेला परेका छन् । स्थानीय आईन्द्र हाङसरुम्बाका तीन बर्षीय छोरा गाउँपालिकाको कार्तिकेभीरको ओढारमा मृत फेला परेका हुन् । आफ्नै घर नजिक खेल्ने क्रममा गत कार्तिक ३० गतेदेखि उनी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आईतवार दिउँसो करिब १२ बजे ओढारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार...
भोजपुरबाट उद्धार गरिएका राईको धनकुटामा मृत्यु

भोजपुरबाट उद्धार गरिएका राईको धनकुटामा मृत्यु

धनकुटा । ९ बर्ष अघिदेखि बिरामी परेर थलिएका भोजपुरको षडानन्द नगरपालिका–३, खार्ताम्छाका रामबहादुर राईको उद्धार गरेर लैजाने क्रममा धनकुटामा मृत्यु भएको छ । ७० बर्षीय राईको दयनीय अवस्था थाहा पाएपछि प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर नेतृत्वको टोलीले उद्धार गरेर बिराटनगर लैजाने क्रममा धनकुटामा उनको मृत्यु भएको हो । राईलाई राज्यमन्त्री गजमेर नेतृत्वको टोलीले शनिवार बिहान भेटेर उनक...
धनकुटा नगरद्वारा ४५ स्वास्थ्य स्वयंसेविकालाई सम्मान

धनकुटा नगरद्वारा ४५ स्वास्थ्य स्वयंसेविकालाई सम्मान

धनकुटा । १७ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा धनकुटा नगरपालिकाले ४५ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले स्वयंसेविकाहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गरेको नगरका स्वास्थ्य संयोजक भोजराज ...
धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु

धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ६१ बर्षीय बृद्धको मृत्यु भएको हो । ज्वरो, रुघामर्कीसहित स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा पीसीआर परीक्षण गर्दा बिहिबार संक्रमण पुष्टि भएको हो । घर फर्काउँने क्रममा गएराती उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ...
प्रदेश १ मा थपिए ११४ कोरोना संक्रमित, २५१ डिस्चार्ज

प्रदेश १ मा थपिए ११४ कोरोना संक्रमित, २५१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार १२३ जना कोरोना संक्रमित थपिएका छन् । ७४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २/२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १/१ जनामा संक्रमण ...
नेकपाको स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित

नेकपाको स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित

काठमाडौं । आइतबारबाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक मंसिर २८ गतेसम्मलाई स्थगित भएको हो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । उनले बैठकलाई संबोधन गर्दै पत्र पठाएका थिए । सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा ओलीको पत्र पढेर सुनाएका छन् । पत्रमा ओलीले अर्का अध्यक्ष दाहालको प्र...
‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा महिला,...
जोगवनीबाट भन्सार छलेर ल्याएको सामान बरामद

जोगवनीबाट भन्सार छलेर ल्याएको सामान बरामद

मोरङ । भारतीय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सामान बिराटनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–१६ दरैया नहरबाट ९५ हजार मूल्य बराबरको लत्ता कपडा, किचनका आईटम तथा खाद्यान्न सामाग्रीहरु बरामद भएको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे सामान बरामद गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालय रानीमा बुझाईएको ज...
पाख्रीवासमा शोक बिदा

पाख्रीवासमा शोक बिदा

धनकुटा । पाख्रीवास नगरपालिकाले आईतबार शोक विदा दिएको छ । पाख्रीवास–९ की दलित महिला वडा सदस्य तथा नगरसभा सदस्य भीमकुमारी दर्जीको मृत्यु भएकाले शोक विदा दिईएको हो । जण्डिसको समस्याबाट पीडित ४५ बर्षीय दर्जीको मंसिर १५ गते पाख्रीवास–९ स्थित घरमै मृत्यु भएको पाख्रीवास नगरपालिकाकी उप–प्रमुख भीमकला पौडेल तिम्सिनाले जानकारी दिईन् । उनी तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् । ...
उदयपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिएर भाग्यो गाडी

उदयपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिएर भाग्यो गाडी

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिवार साँझ ‘अज्ञात’ गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको हो । रामपुर ठोक्सीलातर्फबाट पूर्वतर्फ गइरहेको पहिचान हुन नसकेको चार चक्के गाडीले घर नजिक सडक पार गर्ने क्रममा खड्कालाई ठक्कर दिएको हो । खड्कालाई ठक्कर दिएपछि पनि नरोकी चालकले गाडी भगाएको स्थ...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

बिराटनगर । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ । दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाड...
शिवसताक्षीमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शिवसताक्षीमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको सिवसताक्षी–८ स्थित राजमार्गमा गएराती मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ बर्षीय रमेश बिष्ट छन् । राती सवा ९ बजे को.२ प.६९७० नम्बरको मोटरसाईकलले बिष्टलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा राती पौने १० बजे बिष्टको मृत्यु भएको जिल्ला ...
धनकुटा लेडी जेसीजको नेतृत्व परिवर्तन, बिसिका बनिन् अध्यक्ष

धनकुटा लेडी जेसीजको नेतृत्व परिवर्तन, बिसिका बनिन् अध्यक्ष

धनकुटा । धनकुटा लेडी जेसीजको दोसो शाखा अधिवेशनबाट बिसिका श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धनकुटा सदरमुकाममा शनिवार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण गरेको हो । श्रेष्ठ यसअघि जेसीजको महासचिव थिईन् । नव निर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा बिपना श्रेष्ठ, स्मिता श्रेष्ठ, उपाध्यक्षमा रिना श्रेष्ठ, अमृता श्रेष्ठ, गोमा बस्नेत, उर्मी महर्जन र सचिवमा ...
नम्रता बनिन् मिस नेपाल

नम्रता बनिन् मिस नेपाल

काठमाडौं । काठमाडौंकी नम्रता श्रेष्ठले मिस नेपाल–२०२० को उपाधि जितेकी छन् । ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई उछिन्दै १९ बर्षीया श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको ताज पहिरिएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड–२०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् । बिजेता नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् भने मिस वर्ल्ड–२०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्य...
बेलबारीमा चार जना स्वास्थ्य स्वयंसेविका सम्मानित

बेलबारीमा चार जना स्वास्थ्य स्वयंसेविका सम्मानित

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा शनिवार ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरु देबिमाया बस्नेत, मन्जु कार्की, टीकादेबी पोख्रेल र शोभा कार्कीलाई सम्मान गरेको हो । नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले सम्मान पत्र र दोसल्ला ओढाएर उनीहरुलाई सम्...
भोजपुरमा ९ बर्ष अघिदेखि थला परेका राईको उद्धार

भोजपुरमा ९ बर्ष अघिदेखि थला परेका राईको उद्धार

भोजपुर । ९ बर्ष अघिदेखि बिरामी भएर थला परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिवार राईको उद्धार गरेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या भएको थियो । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरि विराटनग...
प्रदेश १ मा थपिए ९० कोरोना संक्रमित, १६८ डिस्चार्ज

प्रदेश १ मा थपिए ९० कोरोना संक्रमित, १६८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४ र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७/७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा १५...
धनकुटामा जनप्रतिनिधिको काममा नेकपाको ‘क्रसचेक’

धनकुटामा जनप्रतिनिधिको काममा नेकपाको ‘क्रसचेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै साढे तीन बर्षपछि नेकपाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको समिक्षा गरिरहेको छ । नेकपाको एकता हुँनुअघि २०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले र माओवादीका तर्फबाट धनकुटामा झण्डै ९० प्रतिशत जनप...
error: Content is protected !!