- संगालोखबर सम्वाददाता
पीसीआर मेसिन । फायल तस्वीर

धनकुटा । लामो समयको प्रतिक्षापछि धनकुटामा पीसीआर मेसिन आईपुगेको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पहिलो पटक पीसीआर मेसिन ल्याईएको हो ।

पीसीआर मेसिन आईपुगेकाले अब धनकुटामै कोरोना परीक्षण गरिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले बताए । ‘मंगलबार स्वाब संकलन गर्ने र बुधबारबाट धनकुटामै पीसीआर परीक्षण गर्ने तयारी गरेका छौ ।’ डा.विश्वकर्माले संगालोखबरसँग भने–‘अब धनकुटामा दैनिक तीन सय स्वाब परीक्षण गर्न सकिन्छ ।’

Advertisement

स्वास्थ्य कार्यालय धनकुटाको तल्लो तलामा ल्याब निर्माण गरेर पीसीआर मेसिन राखिएको छ । अब, त्यहीबाट कोरोना परीक्षण गरिनेछ । महिनौं अघिदेखि धनकुटाबासीले पीसीआर मेसिन ल्याउँन आवाज उठाउँदै आएका थिए । धेरै समयको प्रतिक्षापछि आएको पीसीआर मेसिनको मंगलबार बिहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । संघीय सांसद एवं नेकपाका जिल्ला अध्यक्ष राजेन्द्र राईले मेसिन उद्घाटन गर्दैछन् ।

अब, धनकुटामै कोरोना परीक्षण हुँने भएपछि धनकुटाबासीसहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाबासीलाई पनि कोरोना परीक्षण गर्न सहज हुँने भएको छ । यसअघि पूर्वी पहाडी जिल्लामा पीसीआर मेसिन नहुँदा धरान र बिराटनगरका ल्याबमा स्वाब पुर्याएर कोरोना परीक्षण गरिदै आएको थियो । प्रदेशभरको स्वाब परीक्षण गर्ने सिमित ल्याब भएकाले पीसीआर रिपोर्टका लागि धेरै दिनसम्म कुर्नुपर्ने वाध्यता थियो । अब, धनकुटामै पीसीआर परीक्षण हुँने भएपछि यो समस्या समाधान हुँने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!