
विराटनगर । विराटनगर महानगरपालिका–९ मा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना अभियान सुरु गरिएको छ । घोघाहा पुल चोक क्षेत्रका बासिन्दालाई फोहोर व्यवस्थापनमा सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
सो क्षेत्रमा घरको फोहोर सडकमा फाल्ने प्रवृत्ति बढ्दै गएपछि सचेतना कार्यक्रमसहित घरदैलो अभियान सुरु गरिएको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।
अभियान अन्तर्गत प्रत्येक घरलाई फोहोर व्यवस्थापनको सदस्य बनाइ घरमै फोहोर सङ्कलन गर्ने व्यवस्था मिलाइने छ । दाहालले सबै स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह गर्दै सदस्यता बन्न आग्रह गरेका छन् ।
‘फोहोर व्यवस्थापनको सदस्य बनेर फोहोर लिन आउने साधनमा दिन अनुरोध गर्दै आएका छौँ । शहर सफा राख्नु हाम्रो सामूहिक दायित्व हो’, उनले भने ।

संगालोखबर 













