
विराटनगर । विराटनगर-१५ स्थित बाबा सिनेमा हल छेउमा रहेको पुरानो पिपलको बोट ढल्दा दुई दर्जन विद्युतीय पोल भाँचिएका छन् । आज बिहान करिब ६ बजे विद्युतको तारमाथि पिपलको बोट ढल्दा पोल भाँचिएका हुन् ।
पोल भाँचिएपछि बाबा सिनेमा हल आसपाससहित केही क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । ‘पुरानो पिपलको रूख थियो । एक्कासि भाँचिएछ’, वडाध्यक्ष प्रकाश साहले संगालोखबरसँग भने, ‘तारमाथि रूख परेपछि १५ वटा पोल ढलेका छन् । महेन्द्र चोकसम्म पोल भाँचिएको भन्ने सुनेको छु ।’

अहिले सशस्त्र, नेपाल र नगर प्रहरीले संयुक्तरूपमा पिपलको रूख हटाउने काम गरिरहेका छन् । विद्युतको पोल भने ढलेकै अवस्थामा रहेको वडाध्यक्ष साहले बताए ।
‘म भर्खरै विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयबाट निक्लिइरहेको छु । चाँडो काम गर्दिनुपर्यो भनेर’, उनले थपे, ‘चाँडै काम अघि बढ्छ भन्ने विश्वास लिएको छु ।’

संगालोखबर 













