
विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ । कृषकलाई कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ । जसमध्ये १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए ।
महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवको भनाइ छ । वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बिउ वितरण गरिनेछ ।

संगालोखबर 













