सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको हो । धनकुटामा चार हजार नौ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

जसमध्ये दुई हजार छ सय १७ दशमलव ६१ हेक्टर क्षेत्रफल अर्थात ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अझै दुई हजार तीन सय २१ दशमलव २८ हेक्टर क्षेत्रफल अर्थात ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ ।

Advertisement

जिल्लाका अधिकांश स्थानमा सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । समयमा प्रयाप्त वर्षा नहुँदा रोपाइँमा समस्या भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए ।

मुख्यतः धनकुटा, महालक्ष्मी र पाख्रीबास नगरपालिकाको तल्लो भू-भाग साथै सहिदभूमि, छथर जोरपाटी, चौबिसे र साँगुरीगढी गाउँपालिकाको तल्लो भू-भागमा धान खेती हुँदै आएको छ ।

गतवर्ष यो अवधिमा झण्डै शतप्रतिशत रोपाइँ भएकोमा यो वर्ष समयमा नै रोपाइँ सम्पन्न नभएको रानाको भनाइ छ । कृषकका अनुसार समयमा नै मल उपलब्ध नहुँदा अर्को समस्या थपिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!