संगालोखबर

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सक्रिय हुन नपाउने भएकी छन् । एमाले केन्द्रीय कमिटीको गएराती सम्पन्न बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारीको राजनीतिक यात्रामा अवरोध भएको हो ।

Advertisement

भण्डारीले केही दिनअघि आयोजित कार्यक्रममा आफू एमालेको सक्रिय राजनीतिमा फर्कने उद्घोष गरेकी थिइन् । अध्यक्ष ओलीसँग सन्तुष्ट नभएकाहरूले अब भण्डारी नै एमालेको भावी अध्यक्ष बन्नुपर्नेमा जोड दिइरहेका छन् ।

तर, पार्टी केन्द्रीय कमिटीको निर्णयले भण्डारीको चाहना र ओली विरोधीहरूको योजनामा ठेस लागेको छ ।

बैठकले, राष्ट्रपति जस्तो सम्मानित भूमिकामा पुगिसकेको व्यक्ति पार्टीको कार्यकर्ता हुन आउनु उपयुक्त नहुने भएकाले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यो निर्णयमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए । बैठकले एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाउने र पदाधिकारी १५ जनाको हुने निर्णय पनि गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!