
विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर रोशन कामतीले जानकारी दिए । ‘बस सडकबाट करिब १ सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक कामतीले संगालोखबरसँग भने, ‘बसमा आठ जना सवार थिए । सबैजना घाइते भएका छन् ।’

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

संगालोखबर 













