संगालोखबर


सुनसरी । सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङ छन् ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इनरुवा-४ स्थित बसपार्कमा चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर बरामद भएको हो ।

Advertisement

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-०५१ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गरेको थियो ।

सो क्रममा विशालले मलद्वारमा लुकाएर राखेको अवस्थामा १७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी खतिवडाले जानकारी दिए । मोटरसाइकल र ब्राउन सुगरसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । प्रहरीले उनीहरूका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!