संगालोखबर

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराती भिनाजुले गोली प्रहार गरेर सालीको हत्या गरेका छन् । गोली प्रहारबाट स्थानीय १८ वर्षीया अर्सी खातुनको मृत्यु भएको हो ।

Advertisement

अर्सीकै भिनाजु भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले उनीमाथि गोली प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । ‘ससुरालीमै आएर राती सालीमाथि गोली प्रहार गरेछन्,’ डीएसपी खतिवडाले संगालोखबरसँग भने, ‘हत्याको कारण खुलेको छैन, हामी थप बुझ्दैछौ ।’

टाउकोमा गोली लगेर अर्सीको घटनास्थलमै मृत्यु भएको हो । भारतीय सीमा क्षेत्र नजिक पर्ने सो स्थानमा राती करिब १ बजे घटना भएको हो । घटनापछि भिनाजु फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने आजात आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनी भारतमा पटक-पटक चोरीका घटनामा पक्राउ परेर छुटेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!