संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई ‘ढुकुर जोडी’का रूपमा सम्मान गरेको छ । नगरपालिकाका सबै वडाबाट छानिएका दम्पतीलाई आज सम्मान गरिएको हो ।

सम्मानित हुने दम्पतीहरूमा वडा नम्बर १ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नम्बर २ का सचिदानन्द साह र संगीताकुमारी गुप्ता, वडा नम्बर ३ का ध्रुव निरौला र अनु दाहाल र वडा नम्बर ४ का डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल छन् ।

Advertisement

यस्तै वडा नम्बर ५ का वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, वडा नम्बर ६ का बालकृष्ण घिमिरे र शकुन्तला गौतम घिमिरे, वडा नम्बर ७ का बलिराम चौधरी र फूलोदेवी चौधरी, वडा नम्बर ८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, वडा नम्बर ९ का योगराज कार्की र हिमकुमारी कार्की छन् ।

यसैगरी वडा नम्बर १० का बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, वडा नम्बर ११ का वेदकुमार खवास र केशवती खवास तथा वडा नम्बर १२ का अम्बरबहादुर मगर र ताराकुमारी मगर छन् ।

उत्कृष्ट जोडीलाई नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले १०/१० हजार नगदसहित सम्मान गरेका थिए ।

नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीको खोजी गरेको थियो । आवेदन दिएका ४८ जोडी मध्ये नगरको मापदण्डअनुसार प्रत्येक वडाबाट १/१ जोडी छनोट गरिएको थियो । उत्कृष्ट दम्पतीको फोटो एक वर्ष सम्म वडा कार्यालयमा राखिने र स्वास्थ्य बीमा निशुल्क गरिने नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!