संगालोखबर


विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । आज सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण प्रदान गरेको हो ।

विद्यालयका अनुसार होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायतर्फ एक हजार ६५ जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई आफ्नो इच्छाको विषय पढ्न र सोही अनुरूप अघि बढ्न सुझाव दिए ।

Advertisement

विद्यालयका प्राचार्य भुवन नेपालले संस्कार र सीप सहितको शिक्षामा जोड दिँदै आएको बताए । उनले विद्यालयले प्रयोगात्मक शिक्षासँगै खेलकुदका गतिविधिमा पनि कान्तिपुर अब्बल रहेको उल्लेख गरे । उनका अनुसार सबै वर्गलाई मध्यनजर गर्दै मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!