समयको पाउबन्दी, दामिनी र एलीयन

समयको पाउबन्दी, दामिनी र एलीयन

मानिसको सोचाई गुणात्मक ढंगले वृद्धि हुने गर्दछ भने समयको गति परिमाणात्मक तरिकाले अगाडी वढिरहेको हुन्छ । यसरी हुने मानिसको सोचाई र समयको गतिलाई एकै रफ्तारबाट अगाडी बढाउन सकिएको खण्डमा भने देश, समाज र व्यक्तित्वको विकास सही ढंगबाट हुनेमा कुनै शंका छैन् । पछिल्लो डेढ दशकको समयमा नेपालमा विभिन्न प्रकारका घटना तथा परिघटनाहरु भएका छन् । जसमा २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्ध औपचारिक रुपमा २०६...
आदिवासी राई जातीको साकेन्वा (चण्डी) नाचको चिनारी र महत्व

आदिवासी राई जातीको साकेन्वा (चण्डी) नाचको चिनारी र महत्व

नेपाल एक बुहजाती, वहुभाषिक, वहुसाँस्कृतिक राज्य हो । जुनसुकै धर्म, वर्ण, समुदाय, जातजातिको भएपनि आफ्नो भाषा, लिपि, सस्कृतिको संरक्षण र सम्वद्धन गर्नु राज्य र हामी सवैको कर्तब्य र जिम्मेवारी हो । त्यसैगरी अहिले धार्मिक स्थल तथा धार्मिक गुठीको पनि संरक्षण उत्तिकै आवश्यक छ । नेपालको आदिवासी किराती राईहरुको पनि आफ्नो छुट्टै पहिचान छ । उनीहरुको आफ्नौ धर्म आफ्नै भाषा र आफ्नै सस्कृती छ । नेपालको कुल ज...
बौद्धिक पलायन रोक्न प्रदेश नं. १ को राजधानी धनकुटा

बौद्धिक पलायन रोक्न प्रदेश नं. १ को राजधानी धनकुटा

हिजोआज प्रदेश नं. १ को राजधानी कहाँ हुने भन्ने विवाद चुलिएको छ । राजधानी बनाउन भौतिक पूर्वाधार भएको स्थल हुनुपर्दछ भनिदैछ । भौतिक पूर्वाधार भएको स्थानहरूलाई मात्र पटक पटक अवसरहरू दिने हो भने राज्य पुनर्संरचनाको सोच कसरी साकार हुन्छ ? पहाडबाट बौद्धिक पलायन भएर तराईका सहरहरूमा थुप्रिएका छन् । बसाइँ सराइले पहाडका गाउँगाउँ विस्थापित भएको देखिन्छ । यही स्थिति केही वर्ष चल्ने हो भने पहाडी भेगको मानवी...
कृषि क्षेत्रको पुन:संरचना, अबको मार्ग चित्र

कृषि क्षेत्रको पुन:संरचना, अबको मार्ग चित्र

नेपालमा संगठित रुपमा कृषि बिकासको थालनी भएको ९५ वर्ष पुगेको छ । कृषि बिकासको सुरुवाती प्रयासहरु जान्न र बुझ्न २०३८ सालमा चन्द्र कुमार भट्टराई द्वारा सम्पादित पुस्तक "कृषि बिकास एक मोड अनेक प्रयास" पढ्नु पर्छ' । त्यस भित्रका गंगाबिक्रम सिजापतिको 'नेपाली जनजीवनमा वैज्ञानिक कृषिको अभ्युदय' र चन्द्र कुमार भट्टराईको 'कृषि आधुनिकीकरणमा आएका मोडहरु" लगायत लेखहरु बाट २०३८ सालसम्मको कृषि बिकास सम्बन्धि ज...
प्रदेश नं. १ को राजधानी कहाँ ?

प्रदेश नं. १ को राजधानी कहाँ ?

हिजोआज प्रदेश नं. १ को राजधानी कहाँ हुने विवाद पूर्वमा चुलिएको छ । सरकारले राजधानी राख्न सकिने सम्भाव्य स्थलहरुको पहिचान गर्न पठाएको टोलीले विराटनगर, सुनसरी र धनकुटा मध्ये कुनै एक स्थान भनि सिफारिस गरेकोले ती तीन मध्ये एक स्थानमा राख्नु पर्ने हुन्छ । तीन मध्ये विराटनगर अन्तराष्ट्रिय सिमानासंग जोडिएकोले उपयुक्त हुँदैन । अब बाँकी दुई सुनसरी र धनकुटा मध्ये कुन ठीक भन्ने बहस चल्नु स्वभाविक हो । दुई...
जातिय बिभेद बिरुद्धको संघर्ष, उपलब्धी र आजको आवश्यकता

जातिय बिभेद बिरुद्धको संघर्ष, उपलब्धी र आजको आवश्यकता

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औं स्थापना दिवस (२०७४ पौष ३) को अवसरमा जातिय बिभेद बिरुद्धको संघर्षका उपलब्धी, संबैधानिक व्यबस्थाका अधिकार र त्यसका ब्याववहारिक चुनौति के हुन सक्छन, तिनको रिराकरण कसरी हुनसक्छ र आगामी दिनका कार्यभार के हुन सक्दछन भन्ने चर्चा गनु आवश्यक छ । नेपाल उत्पीडित जातीयमुक्ति समाजको लक्ष्य भनेको नेपाली समाजको कुरिती जातीय बिभेद तथा छुवाछुत जन्य व्यवहारको समुल अन्त्य ...
धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएपश्चात अहिले प्रादेशिक राजधानीको चर्चा चुलिएको छ । १ नम्बर प्रदेशको राजधानी कहाँ बन्छ भन्ने बिषयमा पनि सर्वत्र चासो छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाईनै प्रादेशिक राजधानी बनाईनुपर्ने मागसहित धनकुटामा आन्दोलन पनि भईरहेको छ । धनकुटालाई नै प्रादेशिक राजधानी बनाउँनुपर्ने आधारहरु यस्ता छन :- १ ऐतिहासिक आधार : वि...
कांग्रेस हार्नुका ७ कारण

कांग्रेस हार्नुका ७ कारण

आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । सबै लोकतान्त्रिक राष्ट्रहरूमा प्रत्येक चार वा पाँच वर्षमा निर्वाचन हुनै पर्छ । जनताका प्रतिनिधिहरूले शासनको बागडोर सम्हाल्ने चलन लोकतन्त्रमा रहिआएको छ । सिक्ने, सिकाउने र प्रयोगमा ल्याउने निरन्तर प्रक्रिया हो । लोकतान्त्रिक अभ्यासमा हामी सानै छौं । विश्वका केही मुलुकहरूमा सयौं वर्षअघि लोकतान्त्रिक अभ्यास सुरू भएको पाइन्छ हाम्रो देशमा केही दशक अघिदेखि मात्र लो...
कर्मचारीको चक्रव्यूहमा फसेको नेपाली कृषि

कर्मचारीको चक्रव्यूहमा फसेको नेपाली कृषि

नेपालमा अधिकांश नीति तथा योजनाको प्रमुख उध्देश्यमा कृषि उत्पादन अभिबृध्दि गर्दै स्थानीय रोजगारीका अवसर सिर्जना र खाध्य सुरक्षा सुनिश्चित गर्ने विषय उल्लेख भएका हुन्छन् । तथापि कृषि बिकासको ९५ बर्ष भन्दा लामो संस्थागत प्रयासबाट पनि ति उध्देश्यमा आशातित सफलता हासिल हुन सकेको छैन । राष्ट्रिय अर्थतन्त्रलाई सही दिशामा डोर्याउन नसक्दा कृषि क्षेत्रले कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश मात्...
यसरी गर्न सकिन्छ १ नं. प्रदेशको राजधानी समस्या समाधान, जसले हुन्छ प्रदेशको सन्तुलित विकास

यसरी गर्न सकिन्छ १ नं. प्रदेशको राजधानी समस्या समाधान, जसले हुन्छ प्रदेशको सन्तुलित विकास

सङ्घीय संरचनाअनुसार नेपालमा सातवटा प्रदेश बनिसकेका छन् । यी प्रदेशको सम्भावित राजधानी कहाँ राख्ने भन्ने विषय अहिले सर्वत्र चर्चाको विषय भएको छ । कुनै प्रदेश यस्ता छन् जहाँ एउटा शहरभन्दा अरुको विकल्पै छैन भने कुनै प्रदेश यस्ता छन् जहाँ विकल्पै विकल्पहरु छन् । यस्तै धेरै विकल्प भएको प्रदेशमध्ये १ नं. प्रदेश पनि हो । यस प्रदेशमा विशेष गरी विराटनगर, धनकुटा, इटहरी र धरानले अहिलेसम्म आ–आफ्नो पक्षमा व...
समृद्धीको सपनामा टोनी हागनको गुन            

समृद्धीको सपनामा टोनी हागनको गुन            

विकास र समृद्धी नेपालले देखेको निकै पुरानो सपना हो । यो सपना पुरा गर्न मोहन शम्सेरले स्विट्जरल्याण्डबाट बहुविषयका ज्ञाताहरुलाई नेपाल झिकाए । भूगर्भविद् टोनी हागन तिनै ज्ञाताहरु मध्ये एक थिए, जसले नेपालको विकासको रुप रेखा (योजना) तयार गरे । योजना बनाइसकेपछि पनि राष्ट्रसंघ, नेपाल सरकार र मानवीय सहायता प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीको हैसियतमा हागन धेरै समयसम्म नेपालमा बसे । सबै काम...
महात्मा गान्धीको राजनीतिक आध्यात्मिकरण आजको आवश्यकता

महात्मा गान्धीको राजनीतिक आध्यात्मिकरण आजको आवश्यकता

महात्मा गान्धी एक भारतिय राजनीतिक चिन्तक हुन । उनले बिट्रिसको साम्रज्य शासनबाट भारतलाई मुक्त गराउन प्रमुख भूमिका निर्वाह गरे । उनको जीवनकालमा प्रथम विश्व युद्ध तथा द्धितिय विश्व युद्ध जस्ता भीमकाय, नरसंहारपूर्ण लडाई भए । तर गान्धी अहिंसात्मक राजनीतिबाट कहिल्यै विचलित भएनन् । सत्य एवं अहिंसा गान्धी विचारको सार हो । उनी आदर्शवादी, अराजकतावादी, मानवतावादी, अध्यात्मवादी तथा कर्मयोगीको रुपमा विश्व सम...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने यस्ता छन ७ आधार

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने यस्ता छन ७ आधार

नेपाल संघीय प्रणालीमा प्रवेश गरेसँगै पेचिलो बनेको संघीय प्रदेशको राजधानी कहाँ बनाउने भन्ने छ । अहिले प्रहरीले संघीय व्यवस्थाअनुसार कार्यालय स्थापना गरी प्रहरी प्रमुख खटाइसकेको छ । अब केही दिनमै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने तयारी भैरहेको छ । केही प्रदेशमा यसमा कुनै विवाद नभए पनि प्रदेश नं. १, २ र ५ मा केहि विवाद देखिन्छ । योसँगै अहिले प्रदेश नं.१ को राजधानी भनेर सामाजिक सञ्ज...
संविधानका कमी कमजोरीहरू

संविधानका कमी कमजोरीहरू

नेपाल एक कानुनी राज्य हो । लोक कल्याणकारी राज्य पनि हो । कानुनी भाषामा नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट भएको घोषणा गरिएको छ, संविधान देशको मुल कानुन हो । जब देशको मुल काुनन नै १० प्रतिशत मात्र कार्यान्वयन हुन्छ तब समस्याहरू सिर्जना हुन्छन् । २०७२ साल असोज तीन गते घोषणा गरिएको काुन संविधान –एक पल्ट गहीन र गम्भीर भएर अध्ययन गर्ने हो भने थुपै्र गल्तीहरू भेटिन्छन् । कानुनविद सभासदल...
धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधार

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधार

सरकारले दुई साता भित्र सात वटै प्रदेशको राजधानी तोक्ने तयारी गरेको छ । त्यसैले सबै क्षेत्रमा अहिले पुनः एक पटक प्रादेशिक राजधानीको बिषयले चर्चा पाएको छ । प्रदेश नम्वर १ मा धनकुटा, ईटहरी र बिराटनगरलाई संभावित राजधानीका रुपमा हेरिएको छ । यस्तो अवस्थामा प्रदेश नं. १ को राजधानी विवादरहित तवरले निर्धारण गर्ने हो भने निर्विकल्प रुपमा धनकुटालाई बनाउनु नै उपयुक्त देखिन्छ । धनकुटा प्रदेशको राजधानीका लागि...
शिक्षा क्षेत्रको नयाँ संरचना

शिक्षा क्षेत्रको नयाँ संरचना

नेपालको संविधान २०७२ यतिखेर कार्यान्वयनको बाटोमा अघि बढिरहेको छ । संघीय सात प्रदेशको नेपाल राष्ट्र गणतन्त्र कार्यान्वयनको प्रथम खुड्किलो स्थानीय तहको निर्वाचनको पर्वमा पूरै देशवासी होमिएका छन् । सिंहदरवारको अधिकार अब गाउँ–गाउँमा नारा तय गरिएको छ । करिब दुईसय ५० वर्षे केन्द्रकृत शासन प्रणाली पूरै ध्वस्त भएकोछ । गणतन्त्र, संघीयता तथा स्थानीय तहको व्यवस्थापन गर्न सकियो भने, नेपाल पनि स्विजरल्याण्ड ...
किन हार्यो माओवादी ? यस्ता छन दश कारण

किन हार्यो माओवादी ? यस्ता छन दश कारण

पछिल्लो समय नेपाली सञ्चार माध्यममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हार्नुका कारणहरुको बारेमा विभिन्न प्रकारका टिका टिप्पणीहरु आईरहेका छन् । यसैलाई लिएर अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित वैठक पनि वसिरहेको छ । केन्द्रीय समितिको वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखी लिएर विभिन्न प्रदेशका इन्चार्जहरु र जिल्लाका संयोजकहरुले रिपोटिङ गर्ने काम गरिरहेका छन् । हुन ...
छुवाछुत मुक्त राष्ट्र घोषणा र कार्यान्वयनका चुनौती

छुवाछुत मुक्त राष्ट्र घोषणा र कार्यान्वयनका चुनौती

२०६३ साल जेठ २१ गते अर्थात आजकै दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो ।१९ दिने जनआन्दोलनको बलमा सामन्तबादको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएपछि न्याय, समानता, स्वतन्त्रता र धर्म निरपेक्षता जस्ता नीतिहरु घोषित भएका हुन । पुनःस्थापित प्रतिनिधि सभामा नेकपा (एमाले) का प्रमुख सचेतक पर्शुराम मेघी गुरुङको प्रस्तावमा सदियौ देखिको सामन्तबादी राज्य व्यबस्थाले उपेच्छित र उत...
शुभकामना

शुभकामना

नयाँ वर्ष २०७४ आरम्भका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक, लेखक, विज्ञापनदाता तथा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रबिन कटेल (प्रबन्ध निर्देशक) एवं संगालोखबर मिडिया प्रा.लि.परिवार ।
स्थानीय निकायमा कर्मचारी आन्दोलन : सम्झौता र उपलव्धीहरु

स्थानीय निकायमा कर्मचारी आन्दोलन : सम्झौता र उपलव्धीहरु

टे«ड युनियन आन्दोलनको पृष्ठभूमि र उपलव्धीहरु  : - स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले विगत लामो समय देखी स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको स्थायित्व, बृत्ति विकास र पेशागत समानताको लागि विभिन्न सेवा सुविधाको माग राखेर पटक–पटक आन्दोलन गर्दै आएका छन् । त्यसैले यही माघ २७ गते देखि चरणबद्ध रुपमा संचालन भएको कार्यालयबाट सेवा ठप्प बनाउने आन्दोलन भने पहिलो होईन । स्थानीय निकायमा संस्थागत रुपमा ...
‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

स्थानीय निकाय गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिहरु बस्तीस्तर देखि नागरिकको अधिकार स्थापित गरी सूशासन र विकास लागि जिम्मेवार निकाय हुन । लोकतन्त्रको मूलमर्म नै स्थानीय तहमा स्थानीय सरकारबाट सेवा प्रवाह गर्नु हो । नेपालमा दोश्रो जनआन्दोलन मार्फत स्थापित संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानमा राजनैतिक परिवर्तन संगै नागरिकका विकास, सहभागिता र समृद्धिका लागि राजनैतिक, आर्थिक तथा सा...
हामीले जान्नु पर्ने कुरा

हामीले जान्नु पर्ने कुरा

हाम्रो जीवन फूल जस्तै सुन्दर हुनुपर्छ । उसका काम र व्यवहारले कसैलाई दुःख दिने, सताउने र चोट पुर्याउने खालको हुनु हुँदैन । मानव जीवन प्रकृतिको सुन्दर उपहार हो । यो हाम्रो जिवन भनेको एउटा महत्वपूर्ण अवसर र संघर्षको मैदान पनि हो । हामी पहिला पनि थिएनौ र पछी पनि हुने छैनऊ । जुनवेला हामी छौ त्यही बेला असल र महान कार्य गरेर यो देश र समाजलाई केही दिन सक्नु पर्छ । अनिमात्र मानव भएको अर्थ हुन्छ । स्वार्थ...
व्यक्तिको दास बन्ने कि राज्यको

व्यक्तिको दास बन्ने कि राज्यको

दास प्रथाको जतिसुकै विरोध गरे पनि हामी कुनै न कुनै अवस्थामा रहदै आएका छौं । दास भनेकै आश्रित रहनु हो । सर्वप्रथम त हामी प्रकृति निर्भर छौं । हामीसित प्राकृतिक अन्तरविरोध त छदैछ साथै शासक वर्ग निर्मित अन्तरविरोध छ । एक नम्बरमा प्रकृतिले हामीमाथि शासन गरेको छ भने दोस्रो नम्बरमा विभिन्न खाले विचारधाराका शासक वर्गहरूले पनि विविध खाले नीति नियमहरू बनाएर हामीमाथि शासन लादेर शासन चलाएकै छन् दास प्रथा थ...
नेपालमा विधिको शासन हराएको अवस्था

नेपालमा विधिको शासन हराएको अवस्था

शासन कस्तो हुनुपर्छ भन्ने ज्ञान कम्युनिष्टहरूलाई थियो कि थिएन ? सङ्घर्ष, युद्ध, क्रान्ति जस्ता शब्द घोकेर सत्तामा पुगेका कम्युनिष्टहरूले जनतालाई सुशासन दिन सके जस्तो लागेन । विधिको शासन भनेको के हो ? विधि बनाउने विधायक हुन् कि होइनन् ? विधायकले विधि निर्माण गरिसकेपछि त्यसको अक्षरस पालन गर्नु गराउनु पर्छ कि पर्दैन । विधिको शासन नमान्नेलाई के गर्नु पर्छ भन्ने ज्ञान सत्ताको कुर्सीमा बस्ने व्यक्तिमा...
धर्म कर्म होइन बोध (जागरण) हो

धर्म कर्म होइन बोध (जागरण) हो

संसार अस्तित्वको प्रकट अभिव्यक्ति हो । अस्तित्व अद्वैत (नन डुअल) अपरिवर्तनीय र शास्वत (नित्य) छ भने संसार सतत परिवर्तनशील, अनित्य र द्वैत (डुअल) अर्थात् ऋण र धन (निगेटिभ र पोजेटिभ) तत्वको जोडको रूपमा छ । त्यसैले संसार विभिन्न तत्वहरूको संयोग (जोड) हो भने अस्तित्व ती सबै तत्वहरूको पनि आधार र कारणरूप तत्व हो । संसारमा जे पनि प्रकट रूपमा अस्तित्ववान हुन्छ त्यो संयोगको रूपमा हुन्छ । संयोगबाट निर्मि...
तीन हजार वर्षअघिका दार्शनिक विचारहरू

तीन हजार वर्षअघिका दार्शनिक विचारहरू

७. वसिष्ठ र करालजनकबिचको सम्वाद यस जगत्को क्षरण अर्थात् लय जेमा हुन्छ, त्यस कहिल्यै क्षरित नहुने अक्षर र क्षरणशील अर्थात् नाशवान् जगत्का विषयमा कराल जनकलाई वशिष्ठले दिएका ज्ञानको प्रसङ्ग पनि सम्झिन योग्य छ । उनले सृष्टिका नाम, तह र क्रम यसरी देखाएका छन्— – विद्यासर्ग– हिरण्यगर्भ (बुद्धि) – अविद्यासर्ग– अहङ्कार, प्रजापति विराट् – वैकृतसर्ग– ५ महाभूत ः आकास, वायु, तेज, जल र पृथ्वी + ५ विषय ः...
error: Content is protected !!