- विजयप्रसाद मिश्र
विजयप्रसाद मिश्र,पाटन संयुक्त क्याम्पस, ललितपुर ।

हिजोआज प्रदेश नं. १ को राजधानी कहाँ हुने विवाद पूर्वमा चुलिएको छ । सरकारले राजधानी राख्न सकिने सम्भाव्य स्थलहरुको पहिचान गर्न पठाएको टोलीले विराटनगर, सुनसरी र धनकुटा मध्ये कुनै एक स्थान भनि सिफारिस गरेकोले ती तीन मध्ये एक स्थानमा राख्नु पर्ने हुन्छ ।

तीन मध्ये विराटनगर अन्तराष्ट्रिय सिमानासंग जोडिएकोले उपयुक्त हुँदैन । अब बाँकी दुई सुनसरी र धनकुटा मध्ये कुन ठीक भन्ने बहस चल्नु स्वभाविक हो । दुई स्थानको दुरी एकदेखि दुई घण्टाको फरकमा रहेकोले दुबै स्थान मध्ये राजधानीमा राखिने निकायहरु बाँडफाँड गरेर राख्न सकिने सहमति गर्न सकिन्छ ।

अझ न्यायलय विराटनगरमा राख्ने समेत सबैले सहमति गर्न सक्ने अवस्था छ । कार्यपालिका र व्यवस्थापिका मध्ये एक एकवटा धनकुटा र सुनसरीमा राख्न सकिन्छ । अझ विश्लेषण गरेर भन्ने हो भने राजधानीको मूख्य कार्यालय धनकुटामा राख्नु उपयुक्त हुन्छ । किनकी संघीय राजधानी स्थापना गर्ने अन्तराष्ट्रिय सिद्धान्तहरु मध्ये तैलिय सिद्धान्त बढी प्रचलित सिद्धान्त हो ।

जसमा भौगोलिक रुपमा सबैतिरबाट पाएक पर्ने वा छोटो दुरी पार गरेर सबै आउन सक्ने स्थानलाई राजधानी बनाउनु पर्दछ भन्ने हो । यो सिद्धान्तले विराटनगर र सुनसरीलाई भन्दा धनकुटालाई राजधानी बनाउनु पर्दछ भन्ने तर्क गर्दछ । तैलिय सिद्धान्त भनेको कुनै कागजमा एक थोपा तेल बीचमा राख्नु भएमा त्यो चारैतिर बरावर रुपमा फैलिन्छ ।

संघीय राज्यको राजधानी पनि सोही तैलिय सिद्धान्त अनुसार सीमाका चारै तर्फबाट आउँदा सकभर बराबर दुरी पर्नेगरी राख्नु पर्दछ । यो सिद्धान्त अनुशरण गर्दा धनकुटा जसको सिमानाले सातवटा जिल्लालाई छोएको छ, त्यसैले यो उपयुक्त हो । सैद्धान्तिक बाहेकको अवस्था हेर्दा पनि अन्य दावी गरेका स्थानहरु मध्ये धनकुटा उपयुक्त हो । किनभने यहाँको निम्न विशेषताहरु छ ।
१. हावापानी राम्रो
२. प्रशासनिक अनुभव बटुलेको सहर
३. क्षेत्रीय स्तरका कार्यालयहरु स्थापित स्थल
४. भौतिक संरचनाहरु प्रयाप्त
५. सरकारी जग्गाहरु प्रशस्त भएको ।
६. सर्वेक्षण टोलीले चयन गरेको स्थानहरु मध्ये धनकुटाको मापदण्ड पुरा रहेको सिफारिस गरेको ।
७.पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र पहिलेदेखि नै रहेको ।
८. सरकारी भवनहरु धेरै भएको ।
९. क्षेत्र नं. १ को जिल्लाहरुको नक्शा हेर्दा धनकुटा बीचमा पर्ने । तैलिय सिद्धान्त अनुसार संघीय राज्यको राजधानी राख्दा धनकुटा उपयुक्त
१०. पर्यटकीय क्षेत्रको रुपमा विकास भएको ।
११. धनकुटाको बेलहारा डाँडामा एयरपोर्टको डिपीआर समेत भइसकेको ।
१२. चीन र भारतलाई जोडने किमाथांकादेखि जोगवनी सम्मको बाटोमा पर्ने भएकोले ।
१३. मध्ये पहाडी राजमार्गको काम द्रुत गतीमा अघि बढेकोले ताप्लेजुङ्देखि सोलुखुम्बुसम्मको नागरिकलाई धनकुटा आउन सहज हुने ।
१४. अन्तराष्ट्रिय प्रभावबाट राजधानीलाई बचाउनका लागि विराटनगर वा सुनसरी भन्दा धनकुटा उचित भएकोले ।
१५. प्रदेश नंं १ मा रहेको संगठनहरु मध्ये लिम्बुवान र खुम्बुवानको पक्षधरहरुको विचारलाई पनि सम्मान गर्न ।
१६. विराटनगर र सुनसरीमा राजधानी हुँदा नेपाली कांग्रेसका कोइराला परिवार र भर्खरै सुनसरीबाट विजयी भएका ज्ञानेन्द्र बहादुर कार्कीले गरेको जस लिने अवस्था देखिने । तर जनताले क्षेत्र नं. १ मा राजनीतिक निर्णय गर्ने माइन्डेड एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनलाई दिएकोले ताजा जनादेशको सम्मान गर्नको लागि धनकुटा उपयुक्त छ ।
१८. हडताल, बन्दहरुबाट बारम्बार प्रभावित क्षेत्रको रुपमा चिनिएको विराटनगर र सुनसरी भन्दा धनकुटा शान्तिपूर्ण सहरको रुपमा परिचित भएकोले ।
१९. धनकुटाको ऐतिहासिक दस्तावेजहरुले यो क्षेत्र पहिले पनि राजधानीको रुपमा विकसित भएकोले ।
२०. कृषि पर्यटनको लागि उर्बरभूमिको रुपमा परिचित रहेर अग्रसर भइरहेको सहर भएकोले ।
२१. धनकुटाले विकेन्द्रित अवधारणालाई आत्मसाथ गरेर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका फरक फरक स्थानमा राख्दा पनि हुने विकल्पहरु दिने गरेकोले ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!