मानिसको सोचाई गुणात्मक ढंगले वृद्धि हुने गर्दछ भने समयको गति परिमाणात्मक तरिकाले अगाडी वढिरहेको हुन्छ । यसरी हुने मानिसको सोचाई र समयको गतिलाई एकै रफ्तारबाट अगाडी बढाउन सकिएको खण्डमा भने देश, समाज र व्यक्तित्वको विकास सही ढंगबाट हुनेमा कुनै शंका छैन् । पछिल्लो डेढ दशकको समयमा नेपालमा विभिन्न प्रकारका घटना तथा परिघटनाहरु भएका छन् ।
जसमा २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्ध औपचारिक रुपमा २०६३ साल मंसिर ५ गतेबाट अन्त्य भए संगै नेपालमा दिगो शान्तिको प्रक्रियाको थालनी भएको छ । अझै पनि दिगो शान्तिको खोजिमा नै छौं हामी । हाम्रो संस्कार भनेको सेता परेवा उढाएर शान्तिको खोजि गर्ने पद्दतीमा हुर्किएका हो । त्यस कारणले गर्दा हामीले चाहेको र कामको गतिले मेल खान सकेको छैन् । यो समयको पाउबन्दी र मानिसको सोचाइ विच भएको एक प्रकारका विभेद पनि हो भन्न सकिन्छ ।
विश्वका विभिन्न देशमा भएको आन्तरिक विद्रोहका कारण कयौ बर्षसम्ममा पनि दिगो शान्ति स्थापना गर्न सकिएको छैन् । यसलाइ मध्यनजर गर्दा कुनै पनि देशमा भएको आन्तरिक द्वण्द्वको दिगो व्यवस्थापन हुनका लागि केही समय लाग्ने पक्कापक्की नै देखिन्छ । आजको दिनमा हामीले देखेको भोगेको कुरा भनेको अन्यायको विरुद्धमा लाग्ने र यथास्थीतिमा बसिरहन रुचाउने व्यक्ति वा समुह र समाजका विचमा द्वण्द्व भएको पाइन्छ । यसलाई हेर्दा यसको दिगो समाधान भनेको कुनै पनि समुह वा समाज विचमा आपसी सम्बन्धको विकास गरी उनीहरु विचमा भएको असहमतिलाई सहमतिको आधारबाट सहमतिको सिर्जना गरी समाजको विकास गर्नु नै उत्तम विकल्प देखिन्छ ।
हामीले देखेको र भोगेको समाज भनेको अरुको कुरा काट्दै आफु मात्र सही छु भनेर देखाउन खोजिएको छ । यसरी समाजिक कुरिती र विसंगतीलाई हेर्ने हे भने हामीले हाम्रो समाजलाई सही समयमा, समयको पाउवन्दीको आधारमा सामाजिक परम्परालाई रुपान्तरण गर्दै लैजानु आजको आवस्यकता हो । नेपाली समाजका रहेको विभिन्न प्रकारका प्रर्था तथा परम्पराहरुलाई नियाल्ने हो भने हामी जहाँ कुनै साईनो र सम्बन्ध पाउन निकै कठिन हुने गर्दछ । जहाँ दाजु भाई, दिदी बहिनी तथा बुबा आमा विचमा समेत निकै लामो दरार रहेको पाउछौं । यो सबै कुराको सिर्जना हुनमा हाम्रो देशको कानुन र निति नियम नै हो ।
सत्यको खोजी गर्दा आफ्नो राजगद्दीको त्याग गर्ने गौतम बुद्ध पनि नेपालमा नै जन्मिएका हुन । अनि विश्वका उत्कृष्ट राजसंस्था पनि नेपालमा नै रहेको थियो भनेर केही विश्लेशकहरुले भन्ने गरेका छन् । अनि विश्सका प्रजातन्त्रवादी शक्ति र कम्युनिष्ट शक्ति पनि नेपालबाट न आउने भयो भनि विश्लेषण हुन थालेको छ । यो यथार्त र सत्यताको निकट होला भन्न सकिन्छ कि सकिदैन यसको बारेमा समेत हामीले अध्ययन गर्न जरुरी भएको छ । हामीले गर्ने गरेको अध्ययन भनेको बाहिरी खोक्रो अध्ययन भएको जस्तो देख्छौं । जुनसुकै कुराको पनि हामीले अध्धयन गर्दा गहिराईसम्म पुगेर अध्ययन गर्न सकेको खण्डमा भने हामी सही र सत्य छेउमा पुग्न सक्छौं ।
अहिले गरिएको कतिपय अध्ययन अनुसन्धानहरु सही र सत्य तथ्यको छेउसम्म पनि पुग्न सकेको छैन । यो भनेको हामीले गर्ने अध्ययनमा प्रयोग गरिएका सामाग्रीको उपज पनि हो । त्यसैले गर्दा हामीले समयको पाउबन्दीलाई ख्यालमा राखेर आफुले गर्न चाहेको अनुसन्धान र विषयको बारेमा स्पष्ट हुन जरुरी रहेको छ । केही दिन अगाडी भारतमा एउटा समाचार आयो दामिनी टुहुरो भईन । यो समाचार वास्तबमा यथार्तमा आधारीत र मानवियताको आधारित समाचार थियो । यो समाचारमा तिनको बुबाको प्रतिक्रिया पनि राखेको थियो । सोमा भनिएको छ यस छोरीमा मैले मेरो श्रीमतीको केही अंश भेटेको हुदा मैले यिनलाई आफुसंगै बोकेर रिक्सा चलाएको प्रतिक्रिया दिएका थिए । के त्यसो हो भने श्रीमतीको अंश नभएको भए उनले छोरीलाई हुर्काउदैन थिए त ? यो पनि प्रश्न चिन्हमा मात्रै सिमित रहने भयो ।
सो दामिनीको जन्म सन २०१२ मा भारतको राजस्थानको भरतपुर सहरमा मजदुरी गर्ने परिवारमा भएको थियो । दामिनीको आमाले उनलाई जन्म दिईन र जन्म दिईसकेपछि उनको मृत्यु भएको थियो । अहिले दामिनी पाँच बर्षको भईन उनले आफ्नो बुबालाई पनि भर्खरै मात्र गुमाएकी छिन । उनलाई आफ्नो बुबा बबुलुले पनि संसारलार्य छाडेर गएपछि यि भारतीय नागरीक वालिका दामिनी वास्तविक टुहुरो भईन त ?
अब सरकारको दायित्व के हुने ? यस विषयमा पनि त सोचेका होला । आहिले ति बच्चाको पालन पोषणको लागि भारतको भरतपुर सहरमा एक दामिनी स्याहार केन्द्र खोलेको खबर पनि अएको छ । जे होस दामिनी एक निमुखा परिवारमा जन्मिएको एक वालकी हुन । उनको बारेमा भएको विभिन्न प्रकारका सकारात्मक कामबाट नेपालले पनि पाठ सिक्न जरुरी भएको छ । अहिले नेपालमा पनि यसरी टुहुरो भएको बालबालिकाहरु धेरे छन् । तिनीहरुको उचित स्याहार–सुसार गर्नका लागि नेपाल सरकारले समयमा नै आफ्नो योजना सार्वजनिक गरी नेपालका विभिन्न सहरहरुमा भएको अनाथ वालवालिकाहरुको राम्रो पालन पोषण गरेर सही सययमा उनीहरुलाई शिक्षा दिक्षा दिन सकेको खण्डमा उनीहरु देशमा योग्य नागरिक बन्ने सक्ने थिए कि ?
अहिले देशको ढुकुटी रित्याएका नेताहरुले यो देश विकासको बारेमा सोच्लान भन्न निकै कठिन भएको छ । त्यसैले गर्दा देशको रक्षा गर्ने भनेको तिनै गरिब तथा निमुखा अनि सोझा साझा नेपाली नागरीकहरुले गर्न सक्छन् । त्यसैले गर्दा अहिलेको सरकारले कुनै प्रकारको कल्याणकारी काम गर्ने र जनताको सेवा सुविधामा ध्यान दिने हो भने नेपालमा रहेको सयौ दामिनीहरुको रक्षा र उनीहरुको भविश्यको बारेमा सोच्नु पर्दछ । कुनै एलाईट वर्गको निहित स्वार्थमा लागेर नेपालको समृद्ध हुने बाटोमा तगारो लाएर नेपालको भबिश्य बन्दैन् । त्यसैले समयमा नै नेपालका विभिन्न शहर तथा बस्तीहरुको सौन्दर्य र सामाथ्र्यलाई थप दर्विलो बनाउनका लागि अव्यवस्थीत रुपमा रहेको दामिनीहरुलाई व्यस्थीत गरी गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्ने तर्फ अग्रसर हुन आवस्यक छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको बेला नेपालको नवलपरासी जिल्ला स्थायी घर भएका जीत बहादुर मगरको निकै चर्चा चल्यो । मोदीले नेपालीलाई निकै माया गरेका रहेछन् भनेर धरैले भन्ने गरे पनि । तर त्यवेला देखी अहिलेसम्मा समाचारमा जीतबहादुर मगरको आमा खगिसराको नाम मात्र सार्वजनिक भएको छ । तर उनका बुबा को हुन त्यत्रो नेरेन्द्र मोदीले आफ्ना छोरा आफुसंग भारत सरकारका प्रधानमन्त्रीले मात्र चड्ने विशेष विमानमा आउदा समेत उनका पिता भने यहाँ आएनन् । यसको बारेमा कुने चासो र चर्चा नै भएन । यसरी प्रधानमन्त्रीले अर्कै ग्रहबाट ल्याएको एलीयनलाई हेर्नका लागि मानिस झुमिए जस्तै गरी नेपालका संचार जगत पनि जीतबहादुरको पछि लाग्यो ।
बास्तवमा भन्ने हो भने नेपालमा कतिपय एकल महिलाहरुबाट जन्मिएको छोरा छोरीको पिता चाई नेपालका माथिल्लो ओहोदाका व्यक्ति हुन्छन् भन्ने कुराको हेक्का हुन नसक्दा हामीले कतिपय गल्तीहरुलाई समेत स्वीकार गरेर तिनै गल्ती गर्ने व्यक्तिहरुलाई अमृत जल चढाएर सुद्ध बनाउने काम गरिरहेका छौं । यसको बारेमा भारतीय प्रधानमन्त्रीको नेपाली धर्मपुत्र भनि सम्बोधन गरिएको भीमबहादुरको बास्तविक बुबा चाही किन आझेलमा अनि भारतमा नै भएको दामिनीको चर्चाको पछि लाग्ने हामी मिडियाकर्मी साथीहरुले पनि सोच्ने वेला भएको छ । नेपालकै सयौं दामिनी र नेपालकै कयौं एलीयनहरुको भविश्यको खोजी गर्नु पर्ने समय आएको छ । त्यसैले समयको पाउबन्दी हुदा नै जनताको मन जिती नयाँ नेपाल बनाउने अभियानमा हामी सबै लाग्ने वेला भएको छ ।