धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने यस्ता छन ७ आधार
नेपाल संघीय प्रणालीमा प्रवेश गरेसँगै पेचिलो बनेको संघीय प्रदेशको राजधानी कहाँ बनाउने भन्ने छ । अहिले प्रहरीले संघीय व्यवस्थाअनुसार कार्यालय स्थापना गरी प्रहरी प्रमुख खटाइसकेको छ । अब केही दिनमै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने तयारी भैरहेको छ ।
केही प्रदेशमा यसमा कुनै विवाद नभए पनि प्रदेश नं. १, २ र ५ मा केहि विवाद देखिन्छ । योसँगै अहिले प्रदेश नं.१ को राजधानी भनेर सामाजिक सञ्ज...



