आज बिश्व एउटा ठुलो चपेटामा रुमलिएको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई घेरिसकेको छ । संक्युक्त राष्ट्र संघमा आबद्ध १९५ देश मात्र नभएर बिश्वका २०५ देशमा संक्रमण फैलिसकेको छ । अमेरिका, चीन, इटाली, स्पेन, दक्षिण कोरिया जस्ता बिकसित देशहरुले रोकथामका विभिन्न उपाय अपनाउदा अपनाउदै पनि दिन दुई गुणा र रात चौगुणा माहामारी फैलिरहेको छ ।
कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । मुलुक भित्रै रहेका नेपाली र प्रवासमा रहेका नेपालीहरु पनि संक्रमणबाट प्रभावित छन् । बेलायत अमेरिका लगायत केहि राष्ट्रहरुमा त यहि माहामारीका कारण केहि नेपालीहरुले ज्यानसमेत गुमाएका छन् । कोरोनाले बिश्वलाईनै लथालिंग बनाएर मानब जीवनको दैनिकी नै बदलेको छ ।
कोरोनाबाट हजारौं मानिसको ज्यान गुमाएका छन भने लाखौं व्यक्ति संक्रमित छन् । संक्रमण रोकथामका लागि लकडाउन गरिएको छ । कहिलेसम्म लकडाउन जारी रहन्छ कोई कसैले अड्कल अनुमान गर्न सक्ने अवस्था छैन । मुलुकभित्रै रहेका नेपाली र प्रवासमा रहेका नेपालीहरु उत्तिकै आत्तिरहेका छन् । त्यसै माथि बिहान बेलुका मजदुरी गरेर खाने र छाक टार्नेहरुको अवस्था झनै दयनीय छ । गाउँबाट अध्ययन गर्न आएका, रोजगारीको सिलसिलामा रहेका, आफ्नो जिविकोपार्जन र सन्तानको उज्वल भबिस्यको निम्ति शहर छिरेकाहरु सम्भब भएसम्म रातारात आफ्नो गाउँ फर्केका छन् । त्यस्तै खाडी मुलुक लगायत बिदेशमा रोजगारीको लागि गएका, सम्पन्न राष्ट्रमा अध्ययन गर्न पुगेका बिद्यार्थीहरु पनि नेपाल सरकारले लकडाउन गर्नु भन्दा पहिले आफ्नो पहुँचले भ्याएसम्म घर परिवार सम्म पुग्ने प्रयास गरे । कत्ति सफल भए, कति असफल ।
आज बिश्वको अर्थतन्त्र नै डामाडोल हुने गरि लकडाउन भईरहदा रोजगारीको सिलसिलामा विदेश पुगेकाहरु रोजगारी गुमाइ अलपत्र परेर बसिरहेका छन् । बिश्वलाई जोड्ने हवाई क्षेत्र नै यसबेला पुरै बन्द छ । जसले गर्दा विभिन्न देशमा रोजगारी गुमाएर बसेकाहरु नेपाल फर्केर आफ्नो परिवारसंग जीवनयापन गर्न पाएका छैनन् । छिमेकी मुलुकसँगका सीमा बन्द छन् । महाकाली पारी दार्चुलामा भारतवाट घर फर्कने क्रममा रोकिन बाध्य भएका हजारौ नेपालीहरुले भोग्नु परेको कष्ट अनि नेपालमा उनीहरुको परिवारले भोग्नु परेको मानसिक पीडा, तनाब, र संकट हृदय विदारक छ । यो संकटमा घर पुग्न, घरपरिवार संगसंगै बाच्ने आसामा सयौ किलोमीटर पैदल पार गरेर सिमानाकाहरुमा रोकिरहेकाको पीडा उस्तै छ । सीमानाकामा यता न उताको जीवन भोग्न बाध्य भएका लाखौं नेपालीहरुले विभिन्न भावनाहरु सामाजिक संजालमा पोखिरहेका छन् । बिदेशमा रहेकाहरु नेपाल फर्कन नपाएको पीडामा नेपाल सरकारलाई गालि गर्दै विभिन्न ट्विटहरु गरिरहेका छन् ।
बिकसित खाडी मुलुकहरु मध्ये नेपालीहरुको बैदेशिक रोजगारको गन्तब्यको रूपमा रहेको देश युनाईटेड अरब इमिरेट्स (यूएई) पनि एक हो । यो एक बिकसित संघिय प्रणालीमा आधारित देश हो । अहिले बिश्वमा फैलिरहेको कोरोनाबाट यूएई पनि अछुतो रहन सकेको छैन । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । यहाँको मुख्य आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र हो । यहि पर्यटन क्षेत्र नै प्रभावित छ । यहाँका हजारौं होटल, ठुला ठुला सपिङ्ग मल, पर्यटकीय क्षेत्रहरु, धार्मिक स्थल र मस्जिद, समुन्द्र क्षेत्रकोबीच तथा मनोरन्जनात्मक स्थल, सिनेमा हल, ब्यायमशालासहित नेपालीहरुले काम गर्ने अधिकांस क्षेत्र बन्द हुँदै गइरहेका छन् । यहाँको सरकारले घोषित लकडाउन त गरेको छैन । तर, अघोषित लकडाउन छ भन्दा फरक पदैन । आम नागरिकलाई अत्यावस्यक काममा बाहेक बाहिर ननिस्कन भनिएको छ । निस्कनै परेमा सुरक्षित भएर मास्क, पन्जा लगायत लगाएर मात्र निस्कन अपिल गरिएको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म घर बाहिर ननिस्कन भनिएको छ । सम्भव भएसम्म रोजगार दाताहरुलाई घरमै बसेर काम गर्ने वातावरण निर्माण गर्न निर्देशन पनि दिइएको छ ।
यहाँको सरकारले भोलिको विकराल अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित देशको राजदुताबासलाई बिश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरि आफ्नो देशको विभिन्न समस्याहरुमा परेका रोजगार गुमाएका, भिसा सकिएका र आफ्नो देश फर्कन चाहनेहरुका लागि दुताबासमा समन्वय गरेर आफ्नो देश फर्कने बाटो फुकाई दिएको छ । यहाँ संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । नेपालीहरु पनि संक्रमणबाट जोगिन सकेका छैनन् । संक्रमित दुई नेपाली स्वास्थ्य भएर घर फकिएएका छन् ।
वैदेशिक रोगजारीमा रहेकाहरु पनि जोखिममा रहेकाले सावधानीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । अहिले आत्तिएर भन्दा पनि सजग भएर अघि बढ्नुपर्ने बेला हो । विश्वलाईनै आक्रान्त बनाइरहेको कोरोनाबाट बच्न र बचाउँनका लागि सवैले आ–आफ्नो क्षेत्रबाट सजगता अपनाउँन आवश्यक छ ।