जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् । उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा  झुण्डिएको अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोल...
सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले ‘सार्वजनिक महत्वको प्रस्ताव’  प्रतिनिधिसभामा दर्ता गराएका छन् । सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधीउपचारसम्बन्धी उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने मागसहित सांसद शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको...
स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

विराटनगर । स्वास्थ्य र वातावरण जोगाउन तथा स्वदेशी ऊर्जा खपत गर्न विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यसबारे विस्तृत छलफल गरेका छन् । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) लगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले विद्युती...
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मङ्गलबार एक हजार एक सय रुपैयाँ बढेको सुनको मूल्यले आज प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चा...
प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज राउत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह-छात्रा प्रमुखमा भावना गुरुङ...
मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

विराटनगर । मोरङको धनपालथाल गाउँपालिका–६ स्थित कदमाहाको बस्तीमा आगलागी हुँदा जलेर एक जना बालिकाको मृत्यु भएको छ । आगोले १३ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय अनित मियाँकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पाँच वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरि...
देशभर आज स्ववियु निर्वाचन हुँदै

देशभर आज स्ववियु निर्वाचन हुँदै

विराटनगर । देशभर आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय मातहत ६४ वटा आङ्गिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमध्ये दुई वटा आङ्गिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन भइसकेको छ । विवादका कारण कतिपय क्याम्प...
विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो । चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

धनकुटा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका कारण देशमा प्रतिगामी तत्वहरु मैलाएको आरोप लगाएका छन् । माओवादी केन्द्र धनकुटा नगरको दोस्रो अधिवेशन तथा प्रशिक्षण उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । गणतन्त्र ल्याउन माओवादीले ठूलो भूमिका खेलेको दावी गर्दै उनले अहिले राजावादीहरू सल्बलाउने अवस्था सृजना हुनुमा सत्ताधारी...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स राती करिब ११ बजे महालक्ष्मी वायर नजिक सडकको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भइ बुढीगङ्गा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भए...
पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको हो । मूल्य घटेपछि अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसामा झरेको छ । डिजेल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र ...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

सुनसरी । इटहरीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भएर इटहरी-१२ मा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुरको कटारी-२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।...
२०८१ चैत्र २ गते शनिबार/आजको राशिफल

२०८१ चैत्र २ गते शनिबार/आजको राशिफल

बि.सं २०८१ चैत्र २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्वत् ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिश...
धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, स्थित गुरुङ टोलमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । श्रीमतीसहित स्थानीय युवाहरूको समूहले कुटपिट गर्दा ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे घरबाट करिब ५ सय मिटर टाढा मगर मृत फेला परेका थिए । उनको घाँटीमा डामसहित शरीरका विभिन्न भागमा चोटपटक थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उन...
आज तराई-मधेशमा होली मनाइँदै 

आज तराई-मधेशमा होली मनाइँदै 

विराटनगर । आज तराई-मधेशमा होली पर्व मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली मनाइन्छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँ...
बि.सं २०८१ चैत्र १ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८१ चैत्र १ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८१ चैत्र १ गते शुक्रबार ई.सं २०२५ मार्च १४ नेपाल सम्वत् ११४५ चिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए । मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...
धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटा । धनकुटामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हाम्रो बहुमुखी पाठशाला, सिटी जेसिस र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न चौकमा होली विशेष सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदान-प्रदान भइरहेको छ । धनकुटाको एभोकाडो पार्क, मदन चोक लगायतका स्थानमा व...
हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । होलीको शुभकामना सन्देश जारी गर्दै सभामुख विष्टले यस पर्वले हाम्रो जीवनमा नयाँ उमङ्ग र ऊर्जा ल्याउने विश्वास गरेका छन् । आज हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइँदै छ भने भोलि तराइका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । एकताको पर्वको रूपम...
होलीमा कसरी गर्ने छाला र कपालको हेरचाह ?

होलीमा कसरी गर्ने छाला र कपालको हेरचाह ?

होली रंगैरंगको पर्व हो । खुशी र आनन्दको पर्व हो । यो रङ्गीन पल साथीहरू, परिवार र आफन्तहरूसँग मनाउने गरिन्छ । तर यही क्षण रङहरूमा मिसिएको रसायन वा होली खेल्न प्रयोग गर्ने रंगीन पानीका कारण ठूलो समस्या निम्तिन सक्छ । त्यस्ता रसायनहरूले आँखामा जलन, छालाको समस्या, कपाल बिग्रन सक्छ । होलीमा छालाको हेरचाहका टिप्सहरू समावेश गरी पहिल्यै राम्ररी तयारी गरेमा यस्तो प्रकोपबाट बच्न सकिन्छ ।  हामीले यो याद ग...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार ...
आज हिमाल र पहाडमा होली पर्व मनाइँदै

आज हिमाल र पहाडमा होली पर्व मनाइँदै

विराटनगर । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षाेल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र ...
बि.सं २०८१ फागुन २९ गते बिहीबार/आजको राशिफल

बि.सं २०८१ फागुन २९ गते बिहीबार/आजको राशिफल

बि.सं २०८१ फागुन २९ गते बिहीबार ई.सं २०२५ मार्च १३ नेपाल सम्वत् ११४५ चिल्लाथ्व चतुर्दशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल चतुर्दशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, धृति योग, बणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१५ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै ...
थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । थ्रीस्टार क्लबले ९  औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...
विराट गाेल्डकप : फाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजविरूद्ध थ्री स्टारकाे एक गाेल

विराट गाेल्डकप : फाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजविरूद्ध थ्री स्टारकाे एक गाेल

विराटनगर । विराट गाेल्डकपकाे फाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलमा थ्री स्टारले चर्च ब्वाइज युनाइटेडविरूद्ध एक गाेल गरेकाे हाे । थ्री स्टारका लागि खेलकाे ५ औं मिनेटमा खेमराज श्रेष्ठले गाेल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजले थुप्रै अवसर पाएपनि सदुपयाेग गर्न सकेनन् । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उ...
प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा एक हजार प्रतिनिधि सहभागि हुने

प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा एक हजार प्रतिनिधि सहभागि हुने

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो । चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषय...
अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

विराटनगर  । कोशी प्रदेश स्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर स्थित अरनिको कलेजले जितेको छ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा भएको प्रतियोगितामा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिकोले उपाधि जितेको हो । अरनिकोले गतमाघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो । विराटनगरको बैजन...
error: Content is protected !!