- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहिबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो ।

धनकुटाको हुलाकटोल स्थित तुलसी मेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराती निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए ।

अचानक बिरामी परेका राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको थियो ।

गएराती करिव २ बजे उनको मृत्यु भएको बताईएको छ । नीजि बिद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीको निधन हुँदा प्यावसनले शोक बिदा गर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!