संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरमा आजबाट बिराट एक्स्पो सुरु हुँदैछ । बिराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा दिउँसो साँढे १ बजेबाट सुरु हुँने एक्स्पोलाई अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्दैछन् ।

Advertisement

एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजक उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । प्रदर्शनीमा नेपालसहित बिभिन्न देशका ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् ।

एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टलेछन् ।

९ दिनसम्म चल्ने प्रदर्शनीलाई नेपालसहित बिभिन्न मुलुकका करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोलाई नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!