- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लिखर्कमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय २८ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको आयोजक वरख गणले जनाएको छ ।

शिविरमा नेपाली सेनाका सहसेनानी डा. नरेन्द्र क्षत्री, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पुजन विश्वकर्मा लगायत चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो ।

बिरामीहरुलाई इसीजी, भिडियो एक्सरे, आँखा, दन्त लगायत परिक्षण गरी औषधि वितरण गरिएको वडाध्यक्ष गोपाल थापाले जानकारी दिए । यसैवीच सोहि कार्यक्रममा घोर्लिखर्कको जुनियर रेडक्रस सोसाईटीलाई औषधी हस्तान्तरणसमेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!