- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरमा शुक्रबारदेखि कृषि तथा औद्योगिक अन्र्तराष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको प्रदर्शनीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले शान्तिको दूत परेवा उडाएर उद्घाटन गरेका छन् ।

Advertisement

प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘एक्स्पोमा उल्लेख्य आर्थिक कारोबार हुनेछ । उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन यसले सहयोग पुग्छ ।’ अर्थमन्त्री खतिवडाले भने ।

फरक प्रशंगमा उनले मुलुकमा ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण हुँदै गएको दावी गरे । जलविधुत क्षेत्रमा चालु आर्थिक बर्षको ६ महिनामा २ खर्ब भन्दा बढीको लगानी प्रतिवद्धता आएको भन्दै उनले पछिल्लो समय चार गुणा लगानी प्रतिवद्धता बढ्नुले लगानीको सहज वातावरणलाई प्रष्टाएको धारणा राखे ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताले एक्स्पोले उद्योगी तथा व्यावसायी र उपभोक्तावीचको सम्बन्ध विस्तार गर्नेमा जोड दिएका छन् ।

उद्योग व्यावसाय क्षेत्रको बिकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा उद्योगी भोलेश्वर दुलाल र बिपिन काब्रालाई सम्मान गरिएको छ । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा सुरु भएको एक्स्पोमा ३ सय ४० स्टल राखिएको छ ।

जसमध्ये ४० स्टल विदेशी मुलुकका छन् । ९ दिनसम्म चल्ने एक्स्पोमा ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्व बरावरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!