- गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् ।

Advertisement

प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राले निर्मलालाई चारित्रिक आरोप लगाएपछि उनले पवित्रामाथि अगुल्टो प्रहार गरेको देखिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी धुर्वकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

अगुल्टो प्रहारबाट गंभीर घाइते भएकी पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो ।

अगुल्टो प्रहार गर्ने निर्मलालाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!