संगालोखबर सम्वाददाता

धनकुटा । शहीदहरु राष्ट्रको मार्गदर्शन भएकाले उनीहरुको सपना पुरा गर्न सवै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शहीद सरोकार समाज धनकुटाले मंगलबार सदरमुकाममा आयोजना गरेको अन्र्तक्रियामा शहीद परिवार तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

Advertisement

कार्यक्रममा प्रदेश सांसद निरन राईले शहीद राष्ट्रको सम्पत्ति भएकाले राज्यले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सचिव बिजय सन्तोषी राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, शहीद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष इश्वरवहादुर श्रेष्ठ लगायतले शहीदको योगदानको चर्चा गरे ।

शहीद स्मृती सरोकार अध्ययन केन्द्रका अध्यक्ष डिल्लीराम राई, शहीद संरक्षण समिति छिन्ताङ्गका अध्यक्ष बलराम राई, शहीद स्मृती प्रतिष्ठान छिन्ताङ्गका अध्यक्ष रुपलाल राई लगायतले शहीद राष्ट्रको मार्गदर्शन भएकाले शहीदले देखाएको बाटोमा हिडेमात्र मुलुकले सफलता प्राप्त गर्ने बताए ।

कार्यक्रममा शहीद सरोकार समाजका अध्यक्ष तिलक प्रसाद राईले शहिद र बेपत्ता परिवार सम्वन्धि प्रस्तुत गरेको कार्यपत्रमा प्राद्यापक ठाकुर वराल र नारायण प्रसाद पौडेलले टिप्पणीसहित सुझाव दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!