- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चातिल अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा न ८ लाई ०–१ गोलले पराजित गर्दै वडा नं. ४ बिजयी बनेको हो ।

मध्यान्तरपछिको ३९ औं मिनेटमा जर्सी नं ११ का विनोद बुढाथोकीले एकमात्र निर्णायक गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । जितसँगै वडा नं ४ ले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–विजेता वडा नं ८ ले नगद ७५ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

खेलमा वडा नं ८ का कुसल भण्डारी उत्कृष्ट हाइस्कोर, विकास राई बेस्ट डिफेन्डर, वडा नं ४ का रवि गुरुङ वेष्ट गोल किपर, विनोद बुढाथोकी वेस्ट स्टाइकर र वडा नं ३ का सुसन तामाङ उदयमान खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

उनीहरुलाई संघीय सांसद राजेन्द्र कुमार राईले पुरस्कार प्रदान गरेका छन् । नेपाल भ्रमण वर्षलाई लक्षित गरी माघ २४ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!