धनकुटामा कोरोना सतर्कता : जमघट हुँने काम नगर्न प्रशासनको अपिल
धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुँने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा सहभागि नहुन अपिल गरेका हुन् ।
भिडभाड हुने ठाउँदेखि अलग्गै बस...






























