- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो ।

Advertisement

६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको हो ।

खेलमा पाँच विकेट र २० रन बनाएका व्यापार संघका गौरब सेठिया सर्वोत्कृष्ट खेलाडी घोषित भए । बिजयी टिम र खेलाडीहरुलाई उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रतियोगिताका संयोजक सुवोध कोइराला लगायतले ट्रफी र मेडल प्रदान गरेका छन् ।

प्रतियोगितामा नोबेल र मोरङ व्यापार संघसहित उद्योग संगठन मोरङ, पत्रकार महासंघ, संयुक्त ट्रेड युनियन र बिराट व्यापार संघवीच खेल भएको थियो ।

नोबेल मेडिकल कलेजको मुख्य प्रायोजनमा फागुन २ देखि १० गतेसम्म हुँन लागेको बिराट एक्स्पोको प्रचारका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरिएको आयोजक उद्योग संगठन मोरङका प्रशासकीय अधिकृत बिनोद भट्टराईले जानकारी दिए ।

भिडियो..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!