- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–९ नुनथला स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी चालकसहित तीन जना घाईते भएका छन् । बसका चालक सुनसरीको धरान–७ का ६० बर्षीय बीरेन्द्र श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँदै आएका ३८ बर्षीय मेघराज खतिवडा घाइते भएका छन् । अर्का एक घाइतेको पहिचान खुल्न वाँकी छ ।

उनीहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए ।

दुर्घटनास्थलमा पुगेका सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालका अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको हो ।

बस भित्तामा ठोकिएर सडकमै पल्टिएकाले दुर्घटनामा मानवीय क्षति कम भएको कटुवालले बताए । ‘बस भित्तामा नठोकिएको भए अझै ठुलो मानवीय क्षति हुँने संभावना थियो ।’ उनले भने ।

यो पनि पढ्नुहोस्…

धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!