
धनकुटा । धनकुटामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति गठन गरेको छ ।
संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा भएको भेलाले रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा रेडियो मकालुका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरी र रेडियो धनकुटाका स्टेशन मेनेजर सन्तोष कुमार राई छन् ।
जिल्लामा सञ्चालित सामुदायिक रेडियोहरु दिन प्रतिदिन आर्थिक हिसाबले धराशायी बन्दै गएकाले रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अगाडी बढ्ने संयोजक खवासले बताए ।















