गोमा ढुंगाना/संगालोखबर

पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

Advertisement

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १६ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार ६ जना बिरामीको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ । त्यस्तै १० जनाको आँखामा पलाएको जाँलो निकालिएको छ भने ३५ जना बिरामीको दाँत फुकालिएको छ ।

शिविरमा हाडजोर्नी र स्वासप्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका छन् । गाउँ–गाउँदेखिका बिरामीहरु ३ घण्टासम्मको बाटो हिडेर उपचारका लागि शिविरमा आएका थिए । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा आएको छ।

गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!