- संगालोखबर सम्वाददाता

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

Advertisement

चार हजार धरौटी बुझाएर उनी रिहाई भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दामा गायिका राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

केहि दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच भएको विवाद पश्चात उनी बिरुद्ध उजुरी परेपछि राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामान्य बिषयमा प्रहरीले दुख दिएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला गायिका राउत धरौटीमा रिहाई भएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!