संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिसुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साँढे २ बजे जुधेका हुन् ।

Advertisement

दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । हिले स्थित बिजयपुर मेडिकलमा घाइतेहरुको उपचार भईरहेको छ ।

घाइते मध्ये धनकुटाको महालक्ष्मी–१ का ७१ बर्षीया निरमायाँ अधिकारी र चैनपुरका ७० बर्षीय सिंहमान तामाङको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । वाँकी घाइतेको अवस्था सामान्य छ ।

कोशी राजमार्ग स्थित त्रिसुले नजिकको घुम्ति मोडमा बस ठक्कर खाएका हुन् । दुर्घटनाग्रस्त बसले सडक ढाक्दा कोशी राजमार्गको हिले–सिधुवा सडकखण्ड दिउँसो करिव आधा घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापश्चात दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!