- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तरगत धनकुटाको लेगुवादेखि केवा खोलासम्मको सडक निर्माणको काम तोकिएको समयमै सक्न जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक निर्माणमा ढिलाई भएको जनगुनासो आएपछि सर्वपक्षिय भेला बोलाएर समयमै काम सक्न निर्माण कम्पनी विरुवा कन्ट्रक्सनलाई प्रशासनले निर्देशन दिएको हो ।

Advertisement

संघीय सांसद राजेन्द्र कुमार राईको निर्देशनमा प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले सर्वपक्षिय भेला बोलाएर ७ किलाेमीटरको उक्त सडक तोकिएको समय २०७७ असार मसान्तभित्रै सक्न विरुवा कन्ट्रक्सनका प्रबन्ध निर्देशक सुबिन श्रेष्ठलाई निर्देशन दिएका हुन् ।

भेलामा विरुवा कन्ट्रक्सनका प्रबन्ध निर्देशक श्रेष्ठले सम्झौता अनुरुप तोकिएको समयमै सडक निर्माणको काम सक्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । निर्माणाधिन सडकमा वर्षातका बेला यातायात आवत–जावतमा सर्वसाधरणले सास्ती भोग्नु पर्ने देखिएपछि निर्माण कम्पनीलाई समयमै सचेत गराईएको हो ।

यस अघि धनकुटाको हिले हुदै पाख्रीवासको पञ्चेसम्मको १३ किलोमीटर र पञ्चेबाट लेगुवासम्मको १३ किलोमीटर सडक निर्माणमा ढिलासुस्ती भएपछि सर्वपक्षिय भेला बोलाएर समयमा काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिईएको थियो ।

उक्त सडक ६० प्रतिशत भन्दा बढी निर्माण भईसकेको छ भने बाँकी तिब्र गतिमा काम भईरहेको प्रजिअ घिमिरेले बताए । हिलेबाट पञ्चेसम्मको १३ किलोमीटर सडक कञ्चनजंगा कन्ट्रक्सन र पञ्चेबाट लेगुवासम्मको १३ किलोमीटर सडक विरुवा कन्ट्रक्सनले निर्माण जिम्मा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!