बि.सं. २०८२ असार १९ गते बिहीबार/आजको राशिफल

बि.सं. २०८२ असार १९ गते बिहीबार/आजको राशिफल

बि.सं. २०८२ असार १९ गते बिहीबार ई.सं. २०२५ जुलाई ०३ नेपाल सम्वत् ११४५ दिल्लाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, बव करण । आज नेपालमा सुर्याेदय बिहान ५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन...
देशभरको शैक्षिक गुणस्तर खस्किँदो

देशभरको शैक्षिक गुणस्तर खस्किँदो

धनकुटा । पछिल्लो समय देशभरीकै शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेको एक प्रतिवेदनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले शिक्षा विकास निर्देशनालय धनकुटामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले यस्तो देखाएको हो । कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धि बारे गरेको राष्ट्रिय प...
पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् सरकारी सेवा सुविधा 

पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् सरकारी सेवा सुविधा 

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट सरकारी सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै उनले सरकारी सेवासुविधा त्याग्ने निर्णय गरेकी थिइन् । सोही अनुरूप उनले आजैबाट लागुहुनेगरि सरकारी सेवा सुविधा परित्याग गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा आज दर्ता भएको छ । गृहमन्त्राल...
इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-५ राजश्व ढाट नजिकैबाट हायस गाडी लिएर हिँड्ने पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७९७८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०२-०५१ प ८२८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा मोटरसाइकल चालक लडेपछि हायस चालक सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षीय शेरबहादुर गुरुङ उठाउन गएका थिए । तर मोटरसाइकल चालक अ...
सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

विराटनगर । सुनसरीबाट ज्यान सम्बन्धी कसुरमा २४ वर्षबढी कैद सजाय तोकिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का २५ वर्षीय पप्पु सिंह भनिने पप्पु यादव छन् । उनलाई मंगलबार इनरुवा नगरपालिका-३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते गरेको फैसला अनुसार उनलाई २४ वर्ष ८ म...
जनकपुरमा चक्कु प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

जनकपुरमा चक्कु प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

विराटनगर । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरमा ज्वाइँले ससुराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६५ वर्षीय वासुदेवप्रसाद विमलको चक्कु प्रहार गरी हत्या भएको हो । जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे ससुरामाथि घरमै चक्कु प्रहार गरेका थिए । पेटमा चक्कु प्रहार भएपछि गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बिहान १०ः३० ...
धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय दिनेश राई छन् । उनलाई मंगलबार दिउँसो घरबाट नै पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । राईविरुद्ध २०७९ फागुन २ गते लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
भोजपुरका थापा धनकुटामा मृत फेला

भोजपुरका थापा धनकुटामा मृत फेला

धनकुटा । धनकुटामा एक युवक मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका-७ घर भएका २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रुपटारस्थित खेतमा मृत फेला परेका हुन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनी झापास्थित मावली घरबाट १६ गते फर्किएका थिए । तर उनी घर नपुगेपछि खोजतलास गर्ने क्रममा मंगलबार साँझ ६ः३० बजे शव फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ...
सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

विराटनगर । सुनसरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका-१ मध्याहर्षाहीकी ५५ वर्षीय कल्सी मेहताको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर घाँस काट्न जाने क्रममा उनलाई सर्पले डसेको थियो । सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएकोमा अवस्था गम्भीर भएको थियो । उनलाई सर्पले टोकेको भनेर ८ः२० बजे प्रहरीले खबर पाएको थियो । उपचारका लागि लैजाने क्रममा...
सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

विराटनगर । सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह आफैँ चढेको बसले नाबालकलाई किचेको हो । बसले किचेर गढी-६ का श्रवण उराउको ३ वर्षीय छोरा आयुष उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी-३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो । प्रहरीका अन...
ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

विराटनगर । ताप्लेजुङमा पहिरोले घर पुरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । सिदिङबा गाउँपालिका-३ आङखोपमा कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेको हो । पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुरकी श्रीमती ५० वर्षीय ठगमाया कटुवाल गम्भीर घाइते भएकी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । परिवारका अन्य सदस्यको अवस्था...
२०८२ असार १८ गते बुधबार/आजको राशिफल

२०८२ असार १८ गते बुधबार/आजको राशिफल

बि.सं. २०८२ असार १८ गते बुधबार ई.सं. २०२५ जुलाई ०२ नेपाल सम्वत् ११४५ दिल्लाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, वरियान योग, वणिज करण । आज नेपालमा सुर्याेदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि ...
धानचामल आयात गतवर्षको तुलनामा १७ अर्ब ८२ करोड बढी

धानचामल आयात गतवर्षको तुलनामा १७ अर्ब ८२ करोड बढी

विराटनगर । नेपालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोडको धानचामल आयत गरेको छ । जुन गतवर्षको तुलनामा १७ अर्ब ८२ करोडले बढी हो । गतवर्ष सोही अवधिसम्म २१ अर्ब १२ करोडको धानचामल आयात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रत्येक महिना औसत तीन अर्बभन्दा बढीको धानचामल आयत भइरहेको छ । असार मसान्तसम्ममा थप तीन अर्बको धानचामल आयात हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।...
भुटानमाथि नेपालको शानदार जित

भुटानमाथि नेपालको शानदार जित

विराटनगर । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि शानदार जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मा...
थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा इटहरीका आशिषलाई कास्य पदक

थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा इटहरीका आशिषलाई कास्य पदक

विराटनगर । थाइल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गरेका सुनसरीको इटहरीका आशिष होरिजनले कास्य पदक जितेका छन् । यू-१४ उमेर समूहको प्रतिस्पर्धामा उनले कास्य पदक जितेका हुन् । उनी इटहरी कराते एकेडेमीका खेलाडी समेत हुन् । यस्तै सिनियर तर्फ नेपालको प्रतिनिधित्व गर्दै सागर राउत र यू-१५ उमेर समूहतर्फ विनोद तामाङले सहभागिता जनाएका थिए । राउत इटहरी कराते एकेडेमीका कोच हुन् ।
धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आक...
नेपालले भुटानलाई दियो तीन सय ५९ रनको लक्ष्य

नेपालले भुटानलाई दियो तीन सय ५९ रनको लक्ष्य

विराटनगर । एसीसी मेन्स यू-१६ इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई तीन सय ५९ रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवास्तवले शतक बनाए । उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाउँदा जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढा...
सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति ११ः४० बजे देवानगन्ज गाउँपालिका-३ यादव टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १८ वर्षीय राजकुमार यादव र १८ वर्षीय राजु यादव छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजकुमारको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ किलो २८० ग्राम गाँजा बरामद गरेको छ । उनक...
आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव विषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमबार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई विधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रद...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुहुनेगरि मूल्य बढाएको हो । सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ भने हवाइ इन्धनमा पनि प्रतिकिलो...
२०८२ असार १७ गते मंगलबार/आजको राशिफल

२०८२ असार १७ गते मंगलबार/आजको राशिफल

बि.सं. २०८२ असार १७ गते मंगलबार ई.सं. २०२५ जुलाई १ नेपाल सम्वत् ११४५ दिल्लाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी, चन्द्रमा सिंह राशिमा, पुर्वफल्गुनी नक्षत्र, व्यतिपात योग, तैतल करण । आज नेपालमा सुर्याेदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर...
धरानबाट गाँजासहित एक जना पक्राउ

धरानबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् । आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेप...
एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा तीन सय १३ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त उजुरी परेका हुन् । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त उजुरीमध्ये एक सय ३६ वटा छानबिन गरी टुङ्गो लागिस...
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

विराटनगर । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । शिक्षक महासंघका प्रतिनिधिले शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा असहमति जनाएपछि बिनानिष्कर्ष वार्ता टुङ्गिएको हो । मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गर्ने प्रस्ताव गरेपछि महासंघका प्रतिनिधिले वार्ता छाडेका छन् । तर महासंघले भने ७...
विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा लुटपाट र अपहरणको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समीर हुसेन र विराटनगर-६ का २५ वर्षीय तासिब अन्सारी छन् । उनीहरू आइतबार पक्राउ परेका हुन् । ‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले असार ११ गते लुटपाट गरेको खुलेको छ । उक्त घटनामा संलग्न एक जना भने फरार छन् । मोरङ प्रहरीका अनुसार उनको खोजी भइरहेको छ । मोरङ प्रहरी प्रवक्ता ...
शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

विराटनगर । विद्यालय शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएपनि त्यस अनुरूप नभएपछि महासंघले विज्ञप्तिमार्फत पुनः आन्दोलनको चेतावनी दिएको हो । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनको स्थित हुन नदिन सक्रिय र गम्भी...
भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुर । भोजपुरका कृषकलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न साढे आठ हजार बढी बिरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयले तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरेको छ । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्था...
झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

विराटनगर । झापाको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-११ मा मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरू पूर्णरुपमा जलेको नष्ट भएको छ । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजे आगो नियन्त्रणमा लिएक...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्ल...
२०८२ असार १६ गते सोमबार/आजको राशिफल

२०८२ असार १६ गते सोमबार/आजको राशिफल

बि.सं. २०८२ असार १६ गते सोमबार ई.सं. २०२५ जुन ३० नेपाल सम्बत् ११४५ दिल्लाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल पञ्चमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सुर्याेदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर...
मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवक छन् । उनी बालिकाकै काका भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे धनपालथानको रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा...
error: Content is protected !!