
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि ओली केहीबेरअघि हवाईमार्ग हुँदै झापा पुगेका हुन् ।
ओली झापा–५ बाट उम्मेदवार बन्दैछन् । ओलीसँग भिड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उम्मेदवार बन्ने पक्का भइसकेको छ ।
जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर बालेन पनि आज झापा जाने तय भएको रास्वपाले जनाएको छ ।

संगालोखबर 













