
विराटनगर । नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले चुनावमा एकढिक्का भएर परिचालित हुन कोशी प्रदेशका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा आज आयोजित चुनावको टिकट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो बताएका हुन् ।
कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये दुईतिहाइ क्षेत्रमा जित हासिल गर्नेगरी अघि बढ्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । एमाले मोरङका उम्मेदवारलाई टिकट वितरण गर्दै उनले यहाँका सबै क्षेत्रमा जित निकाल्नेगरी लाग्न पनि आग्रह गरे ।
आज मोरङका ६ वटै निर्वाचन क्षेत्रका एमाले उम्मेदवारलाई टिकट वितरण गरिएको छ । जिल्ला अध्यक्ष धनश्याम खतिवडासहित सचिव राई र एमाले पूर्व केन्द्रिय उपाध्यक्ष गुरु बराललगायतले उम्मेदवारहरूलाई टिकट वितरण गरेका थिए ।

संगालोखबर 













