
विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक सर्लाही बरहथवा नगरपालिका-२ का ४७ वर्षीय रणबहादुर माझी र सह-चालक सिन्धुलीका ४२ वर्षीय जयबहादुर माझीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव जिल्ला अस्पतालमा राखिएको छ ।
कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक आँफै अनियन्त्रित भएर दुर्घटना भएको भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ ।

संगालोखबर 













