संगालोखबर

धरान । धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएर फर्किदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।

दुर्घटनामा १ जना बच्चासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!