
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् ।
राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।
बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् । बालेन झापा–५ बाट प्रतिनिधि सभा चुनाव लड्दैछन् ।

संगालोखबर 













