संगालोखबर


विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ स्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-५ का ३१ वर्षीय प्रकाश साह र मोटरसाइकलको पछाडि सवार मोरङ विराटनगर-१५ की अन्दाजी ४० वर्षीया कन्चन झाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । झा दुहबी जेसीज २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष र साह दुहबी जेसीज २०२४ का अध्यक्ष हुन् ।

हिजो बेलुका स्वास्तिक जुट मिल अगाडि प्रदेश १-०२-०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!