
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा सामाजिक अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ । आज तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् ।
यसअघि उनले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् । टिकट पाएसँगै अब उनले धादिङ १ बाट चुनाव लड्ने भएकी छन् । यसअघिको निर्वाचनमा यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामाङ निर्वाचित भएका थिए ।

संगालोखबर 













