
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन् । शिक्षा मन्त्री पुनले राजीनामा दिएको बारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, उनले लेखेका छन् । पुनले भने यसबारे केही जानकारी गराएका छैनन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिएका थिए ।

संगालोखबर 













