संगालोखबर


विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।

मोरङको सुन्दरहरैचा-२ स्थित मृगौलियामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

‘सिनेमामा कोशी प्रदेश, कोशी पर्यटन प्रर्वद्धनमा सिनेमा र कलाकार’ सम्बन्धी अन्तरक्रिया, परिचयपत्र वितरण, सम्मान तथा वृहत चलचित्रकर्मी भेलालाई सम्बोधन गर्दै उनले कलाकारहरूले सिनेमा र अन्य कलामार्फत प्रचार गर्दा पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताए ।

उनले कलाकारका माध्यमबाट जाने सन्देशबाट पनि प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास पनि व्यक्त गरे । उनले कोशी प्रदेशमा छायाङ्कन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

सुन्दरहरैचा-२ स्थित मृगौलियामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन समेत बन्ने कुराबाट आफू खुसी भएको भन्दै मन्त्री पराजुलीले कलाक्षेत्रको उन्नयनमा जुट्न कलाकारहरूलाई आग्रह गरे ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी, परान फिल्मका लेखक तथा निर्देशक दीपक आचार्य लगायतलाई सम्मान तथा पूर्व क्षेत्रका एक सय भन्दा बढी कलाकारलाई परिचयपत्र प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!