संगालोखबर


धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सबै समुदायले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले २८६२ सोनाम ल्होसारका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

उनले तामाङ समुदायलाई आफ्नो कलासंस्कृतिको जगेर्ना गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक साथ सहयोग प्रदेश सरकारको रहने उल्लेख गरे ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले विभिन्न र्‍यालीसहित सांस्कृतिक कार्यक्रम गरि ल्होसार पर्व मनाएको छ । धनकुटा नगरपालिका-१ स्थित हिलेको बिच बजारमा रहेको गुम्बाबाट झाँकीसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!