संगालोखबर


विराटनगर । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट वितरण गरेको छ । आज बिहान विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच एमालेले उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक टिकट प्रदान गरेको हो ।

एमालेले मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरान राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ । उनीहरूलाई एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले विजयको शुभकामना दिँदै टिकट वितरण गरेका थिए ।

एमालेले हिजो मात्रै मोरङका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको थियो । टिकट प्राप्त गरेसँगै उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचार-प्रसार र घरदैलो अभियानलाई तीव्र बनाउने तयारीमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!