संगालोखबर


विराटनगर । विराटनगर-४ स्थित मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै माघ ९ गते खुल्ला भजन कीर्तन प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्वरूप सहभागी टोलीलाई जनही ३ हजार ५ सय रुपैयाँ प्रदान गरिने एकेडेमीका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा यो वर्ष मोरङ र सुनसरीका ५० टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ । गतवर्ष प्रतियोगितामा ३९ टोली सहभागि भएका थिए । ‘२०५९ सालदेखि सालदेखि नै सरस्वती पूजाको अवसरमा भजन कीर्तन गर्दै आएका थियौँ’, प्रिन्सिपल बुढाथोकीले भने, ‘२०७९ सालदेखि यसलाई प्रतियोगितामा रूपान्तरण गरेका हौँ ।’

भजन कीर्तन प्रतियोगिताको स्थायित्वका लागि यसै आर्थिक वर्षमा ५० हजार बराबरको अक्षयकोष स्थापना गरिने उनले बताए । यसलाई आगामी दिनमा अभिवृद्धि गर्दै लैजाने उनको भनाइ थियो । उनले यसै वर्षदेखि प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको उल्लेख गरे ।

विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार, संस्कृति तथा नैतिकताको मानसिक र भावनात्मक विकास गराउनका लागि सरस्वती पूजाका अवसरमा भजन कीर्तन कार्यक्रम गर्दै आएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!